कोरोना भाइरसको प्रभावले नेपालको सेयर बजारमा कस्तो प्रभाव पार्ला ?
अहिले अधिकांश लगानीकर्ताहरुले नेपालमै कोरोना भाइरस देखिएपछि सरकाले लकडाउन गरेसँगै शेयरबजारको भविश्य के होला भनेर चिन्तित देखिन्छन् । विशेषगरी छोटोसमयमा राम्रो नाफा आर्जन गर्दै आएका कारोबारीहरु लकडाउनबाट थप प्रताडित बनेका छन् । दीर्घकालीन लगानीकर्ताहरुलाई लकडाउनले खासै केही अप्ठेरो पर्ने नदेखिएतापनि कारोबारीहरु भने चिन्तामा डुबेका छन् । विभिन्न हल्ला र अफवाह फैलाएर कहिले बजार उकास्ने त कहिले ओराल्न खप्पीस कारोबारीहरु अहिले लकडाउन भएपछि चिन्तित बन्नु स्वाभाविक नै हो ।
अब निश्चय नै लकडाउन अवधिभर शेयरबजार बन्द हुने नै छ र लकडाउनको अवधि एकहप्तामा नै सकिएला भन्न पनि सकिँदैन । यसअघि पनि अत्यावश्यक सेवा वाहेकका कार्यालयहरु बन्दको घोषणा भए पनि आइतबार आंशिक रुपमा खुलेको शेयरबजार सोमबारबाट भने सम्बन्धित सरोकारवालाहरुको छलफल पछि बन्द गरिएको थियो । सोमबार देखि अर्थमन्त्रीको निर्देशनपछि बोर्डले विशेष अधिकार प्रयोग गर्दै पाँच दिन शेयर कारोबार बन्द गर्ने निर्देशन दिने सहमति गरेको थियो।
यसअघि नै कोरोना त्रासका कारण दैनिक शेयरबजारमा पहिरो जान थालेपछि लगानीकर्ताले बजारलाई बन्दै गर्नु पर्ने माग गरेका थिए।
यद्यपी शेयरलाई लिक्वीड सम्पत्तीको रुपमा लिइने भएकोले शेयरबजार बन्द हुँदा तुरुन्तै नगदमा परिवर्तन गरेर गर्जो टार्न भने नसकिने भएको छ । विश्वभर देखिएको कोरोना त्रासले नेपालको शेयरबजारलाई कस्तो असर कति समयसम्म पार्छ त्यो भने हेर्न बाँकी नै छ ।
प्रतिक्रिया