कोरोना संक्रमित युवतीसँगै नेपाल आएका युवा कहाँ छन् ?

 कोरोना संक्रमित युवतीसँगै नेपाल आएका युवा कहाँ छन् ?

काठमाडौं, ११ चेत । कोरोना संक्रमित युवतीसँग एउटै जहाजमा आएका बागलुङका एक युवालाई होम क्वारेन्टाइनमा राखिएको छ ।

गत चार गते फ्रान्सबाट कतार एयरवेज हुँदै काठमाडौं आएकी एक युवतीमा कोरोना संक्रमण भएको पुष्टि भएपछि उनीसँगै एउटै जहाजमा आएका बागलुङ ढोरपाटनका युवालाई होम क्वारेन्टाइनमा राखिएको हो ।

ढोरपाटनका अजय बिकलाई ढोरपाटन नगरपालिकाका नगरप्रमुख देवकुमार नेपाली, नगर स्वास्थ्य केन्द्र प्रमुख घनश्याम चालिसे, बुर्तिबाङ स्वास्थ्य केन्द्रका प्रमुख डा. मिलन मल्ल, वडा अध्यक्ष लक्ष्ममण पुन, ईलाका प्रहरी कार्यालय प्रमुख प्रकाशसिंह भण्डारीसहितको टोलीले अजयको घरमै पुगेर होम क्वारेन्टाइनमा राखेका हुन् ।

बिक अहिले स्वस्थ छन् । कतार एयरबाट त्यहीँ दिन नेपाल आएका ढोरपाटनका अन्य दुई जनालाई पनि होम क्वारेन्टाइनमा राख्ने तयारी भएको छ ।