भारतमा पाँच सय २३ संक्रमित, मर्नेको संख्या १० पुग्यो
११ चैत्र, नयाँ दिल्ली । भारतमा कोरोाना भाइरस संक्रमितको संख्या पाँच सय २३ भएको छ र मर्नेको संख्या १० पुगेको छ । महाराष्ट सबैभन्दा बढी प्रभावित भएको छ । एक सय एक जना संक्रमित देर्खिएका छन् ।
विश्व स्वास्थ्य संगठनले भारतको स्थिति/भूमिकाले कोरोना संक्रमण, भयावहको अवस्था कस्तो हुन्छ भनेर निर्धारण हुने बताएको छ । भारत चीनपछिको दोस्रो जनसंख्या भएको मुलुक हो , चीनले यसमाथि प्रारम्भिक विजय हासिल गरेको छ र उसले संसारभरि नै सहयोग गर्न वाहिर निस्किएको छ ।
भारतको प्रभावले विश्व संक्रमणको मात्र होइन नेपालको स्थितिको समेत निर्धारण हुन्छ । खुल्ला सीमा र धेरै मान्छेको आवतजावतले नेपालमा भारतको नियन्त्रणले धेरै अर्थ राख्छ ।
भारत र नेपालले यस विषयमा निकै धेरै सतर्कता अपनाएका छन् । यसले महामारीको रुप लिदैंन कि ?
प्रतिक्रिया