सप्तरीमा सेना परिचालन
सप्तरी, ११ चैत । सप्तरीका विभिन्न चार स्थानमा नेपाली सेना परिचालन गरिएको छ।
लक डाउनलाई सहयोग गर्न सेनाले गस्ती गरेको जिल्ला प्रशासन कार्यालय सप्तरीले जनाएको छ ।
जिल्लाको राजविराज, हनुमाननगर, रूपनी र कल्याणपुरमा सेना परिचालन गरी गस्ती गरिएको जनाइएको छ । ‘राजविराजस्थित भीमदल गण सैनिक परिचालन गरिएको हो ।
नेपाल प्रहरी र सशस्त्र प्रहरीको जनशक्ति अभाव भएपछि सेना परिचालन गर्नु परेको पनि प्रशासनले जनाएको छ ।
प्रतिक्रिया