भरतपुरको कोरोना विशेष अस्पतालमा मृत्यु भएका सन्तोष यादवलाई कोरोना नलागेको पुस्टि

भरतपुरको कोरोना विशेष अस्पतालमा मृत्यु भएका सन्तोष यादवलाई कोरोना नलागेको पुस्टि

काठमाडौं, ११ चैत । चितवनको भरतपुरमा रहेको कोरोना विशेष अस्पतालमा उपचार गराइरहेका युवकको ज्यान जानुको कारण कोरोना नभएको जनाइएको छ । ती ब्यक्तिलाई अटो इम्युन डिजिज भएको टेकुस्थित शुक्रराज ट्रपिकल सरुपा रोग प्रयोगशाला श्रोतले जनाएको छ ।

वीरगञ्जका ३० वर्षीय सन्तोष यादवको मंगलबार भरतपुर कोरोना विशेष अस्थाई अस्पतालको आइसियूमा मृत्यु भएको थियो ।

यादवको स्वाबको नमुना संकलन गरी परीक्षणका लागि टेकु ल्याइएको थियो ।

पहिलेदेखि नै लुपुस भन्ने रोग लागेका यादवका मिर्गौला समेत कमजोर रहेको र निमोनिया र ज्वरो आएपछि  चैत ९ गते अस्पतालमा भर्ना गरिएकोमा मंगलबार बिहान मृत्यु भएको हो । उनलाई आइसोलेसनमा राखिएको थियो ।