कोरोना संक्रमणबाट अमेरिकामा एक नेपालीको मृत्यु
एजेन्सी, ११ चैत । कोरोना संक्रमणबाट अमेरिकामा एक नेपालीको मृत्यु भएको छ ।
पाँचथर घर भएका ५० वर्षीय अनिल सुब्बाको सोमबार न्यूयोर्कमा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।
नेपाली जनसम्पर्क समिति अमेरिकाका महासचिव मुनेन्द्र नेम्वाङ १५ वर्षअघि अमेरिका आएका सुब्बा एक छोरा र दुई छोरीसहित उनी अमेरिकामा बस्दै आएका थिए।
यसअघि बेलायतमा एकजना नेपालीको मृत्यु भएको थियो ।
प्रतिक्रिया