महावीर पुनले डाक्टरले लगाउने कोरोना सामान बनाउने

महावीर पुनले डाक्टरले लगाउने कोरोना सामान बनाउने

काठमाण्डौ, ११ चैत । राष्ट्रिय आविष्कार केन्द्रका प्रमुख महावीर पुनले कोरोनाको जाँच र उपचार गर्दा डाक्टरले लगाउनुपर्ने सामान बनाउने घोषणा गरेका छन् ।

डाक्टरले  सुरक्षाका सामान अर्थात पर्सनल प्रोटेक्टिभ इक्युपमेन्ट (पीपीई) लगाउने गर्छन् । 

त्रिवि शिक्षण अस्पताल र वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले पीपीई बनाउन अनुरोध गरेपछि तत्काललाई ४ सय थान पीपीई बनाउने सामान उपलब्ध भएको र अब त्यसलाई सिलाउने व्यक्ति खोजेर सिलाइने पुनले बताए । 

यो काममा सहयोग गर्न चाहनेलाई तुरुन्त सम्पर्क गर्न पनि पुनले आग्रह गरेका छन् । 

कोरोनाको जाँच र उपचारमा डाक्टरले लगाउने पीपीईको अभाव रहेको समाचार सार्वजनिक भएपछि पीपीई बनाउन अग्रसर भएको उनको भनाई छ ।