बागलुङमा सेना परिचालन

बागलुङमा सेना परिचालन

बागलुङ, ११ चैत । कोरोना भाइरसविरुद्ध लकडाउन अभियानलाई प्रभावकारी बनाउन जिल्ला प्रशासन कार्यालय बागलुङले सेना परिचालन गर्ने भएको छ ।

प्रमुख जिल्ला अधिकारी गौलोचन सैंजुले स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ को उपदफा ३ बमोजिमको निषेधाज्ञा जारी गर्दै उक्त ऐनको दफा २ बमोजिम जिल्लास्थित अर्जुनवाण गणलाई परिचालित हुन अनुरोध गरेको बताए।

सोमबार सुरक्षा समितिको बैठक पनि बसेको थियो। बैठकले संक्रामक रोग ऐनविपरीत कसैले काम गरेमा कानुनबमोजिम कारबाही गर्ने निर्णय पनि गरेको हो।
संक्रमणको आशंका बढ्दै गएकोले सबैलाई घरभित्रै रहन आग्रह गरिएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ । अहिलेसम्म कर्फ्यू भने जारी भएको छैन। बुधबार बिहानदेखि कर्फ्यू जारी हुन सक्ने अधिकारीहरुले बताएका छन् ।