भारत आजदेखि तीन हप्ता लकडाउन

भारत आजदेखि तीन हप्ता लकडाउन

नयाँ दिल्ली, चैत्र ११ । भारतमा कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि नरेन्द्र मोदीले मंगलवार राति ८ बजे देशवासीका नाममा सम्बोधन गरे । प्रधानमन्त्री मोदीले आज राति १२ बजेबाट पूरै देलाई लकडाउन गर्ने घोषणा गरे । 

यो लकडाउनको समयमा सबैलाई घर वाहिर निस्कन रोक लगाइएको छ । उनले जो जहाँ रहेका छन्, त्यहीं रहनका लागि उनले अपील गरेका छन् । उनले यो लकडाउन २१ दिनको रहने बताए । कोरोना भाइरसका लागि यो समय धेरै महत्वपूर्ण मानिन्छ ।  

अफवाह र अन्धविश्वासबाट बच्न पनि उनले जनतासँग आग्रह गरेका छन् ।