वैज्ञानिक नै भन्छन, कोरोना भाइरस अचम्मकै

वैज्ञानिक नै भन्छन, कोरोना भाइरस अचम्मकै

१२ चैत्र, काठमाडौं । संसारभरि नै फैलिएको कोरोना भाइरसको बारेमा वैज्ञानिकहरुले धेरै महत्वपूर्ण विषयहरु पत्ता लगाएका छन् । यसलाई अचम्मको जीव मानिरहेका छन् । अमेरिकाको कार्नेल युनिभर्सिटीका बायोलोजीका प्रोफेसर गैरी व्हिटेकरका अव्नुसार यो केमिस्टी र बायोलोजीको बीचको कडी हो । कतियपय बेला यसको प्रतिक्रियाबाट रासायनिक प्रतिक्रिया हुन्छ भने कहिले माइक्रोब्स जस्तै यसको व्यवहार हुन्छ । यो भाइरस सजीव र निर्जीवका बीचको कडी हो । यसै कारण यसको औषधि पत्ता लागेको छैन । 

यो पनि पढ्नुहोस, 

के कोरोना भाइरस जैविक हतियार हो ?

मानिसको मृत्युपछि पनि कोरोना भाइरस जीवित !

वैज्ञानिकका अनुसार शरीर वाहिर भाइरस निस्क्रिय हुन्छ । यसमा प्रजनन र मेटाबोलिज्म जस्स्ता लक्षण हुँदैन । तर, जब हाम्रो शरीरमा यो जान्छ आफू जस्तै लाखौं भाइरस बनाउनका लागि हाम्रा कोशिकाहरु अपहरण गर्छ । यसको विशेषता यो हो कि यसको लक्षण सार्स र मर्सको तुलनामा धेरै ढीलोबाट देखिन्छ । मान्छेमा जब संक्रमणको लक्षण देखिन्छ तबसम्म दोस्रोमा संक्रमण फैलिसकेको हुन्छ । 
कोरोना भाइरसको आकार डेंगु जस्ता भाइरसभन्दा तीन गुणा ठूलो मानिएको छ । यसले अवस्था बदलेर आक्रमण गर्छ ।

कोरोना भाइरस सामान्य श्वासप्रश्वास भाइरसबाट विल्कुलै भिन्न मानिएको छ । सामान्यतः यो भाइरस एक समयमा एक ठाउँमा हमला गर्छ । यदि यसले घाँटी र नाकबाट हमला गर्छ भने त्यही रहन्छ र खोकी र हाँच्छ्युको माध्यमबाट अर्काेमा संक्रमण फैलाउँछ । केही भाइरसले फोक्सोमा हमला गर्छ । त्यहाँ संक्रमण त फैलाउँदैन तर ज्यानमारा बन्छ । कोरोना भाइरसले दुई ठाउँमा एकैपटक हमला गर्छ । यसले घाँटी र नाकको माध्यमबाट संक्रमण पनि फैलाउँछ र फोक्सोको कोशिका मारेर ज्यान पनि लिन्छ ।

केही बायोलोजिस्ट कोरोना भाइरसले हामीलाई मार्न नचहाने मान्यता राख्छन । यदि शरीर स्वस्थ हुन्छ भने उनीहरुका लागि यो फाइदाजनक नै हुन्छ । वैज्ञानिकहरुले बताएका छन्, हजारौं मान्छेहरुको ज्यान लिइसकेको कोरोना भाइरस आफ्नो जीवनको सुरवाती चरणमा छ । जब उसले कसैको शरीरमा प्रवेश गर्छ अनि तीब्र रुपमा बढ्छ । जसका कारण मान्छेको मृत्यु हुन्छ । यो भाइरसका लागि पनि घाटा हुन्छ । तर, समयसँगै यसको आरएनए बदलिन्छ । भविस्यमा यो सामान्य भाइरसका रुपमा बदलिन्छ, यसले केवल खोक्ने, हाँच्छ्यु आउनेसम्ममा सीमित रहन्छ । एजेन्सीको सहयोगमा