कन्टेनरमा लुकेर विरगञ्ज आएका ५२ जना पक्राउ 

कन्टेनरमा लुकेर विरगञ्ज आएका ५२ जना पक्राउ 

काठमाडौंबाट विरगञ्ज जाँदै गरेको कन्टेनरभित्रबाट निस्कँदै गरेका ५२ जनालाई राती प्रहरीले पक्राउ गरेको छ । उनीहरुलाई मंगलबार मध्यराति वीरगञ्जको घण्टाघर नजिकबाट प्रहरीले पक्राउ गरेको हो ।

उनीहरु काठमाडौंबाट चितवनको भरतपुर, हेटौंडा हुँदै वीरगञ्ज आइपुगेका थिए । लकडाउन उल्लंघन गर्दै त्यसरी वीरगञ्ज पुगेका हुन् ।

काठमाडौंमा सामान छाडेर वीरगञ्ज फर्किँदै गरेको ना ५ ख ९५५२ नम्बरको कन्टेनरमा मानिसहरु चढेका थिए । उनीहरुले कन्टेनर चालकलाई २–२ सय रुपैयाँ भाडा दिएको बताएका छन् ।

उनीहरुको बारेमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।