कोरोना भाइरसको तेस्रो संक्रमित भेटिए
काठमाडौं, १२ चैत । नेपालमा कोरोना भाइरसको तेस्रो संक्रमित भेटिएका छन् ।
टेकुस्थित शुक्रराज ट्रपिकल अस्पतालले पठाएको नमुनामा बुधबार पोजेटिभ देखिएको हो । प्रयोगशालाका सूचना अधिकारी राजेशकुमार गुप्ताले एक व्यक्तिको रिपोर्टमा पोजेटिभ आएको बताए । नेपालमा अहिलेसम्म ६८७ जनाको नमुना परीक्षण गरिएको छ, जसमध्ये ६८४ को रिपोर्ट नेगेटिभ आएको छ ।
सुरुमा चीनबाट आएका एक विद्यार्थीमा कोरोना संक्रमण देखिएको थियो । उनी उपचारपछि निको भइसकेका छन् ।
४ चैतमा फ्रान्सबाट कतारको दोहा हुँदै नेपाल आएकी १९ वर्षीया युवतीमा पनि संक्रमण देखिएको थियो। सोबारे आइतबार स्वास्थ्य मन्त्रालयले जानकारी दिएको थियो । त्यसलगतै सरकारले लकडाउनको घोषणा गरेको थियो ।
प्रतिक्रिया