नरोकेर किन पटकपटक सारिएको होला संसदको हिउँदे अधिवेशन ?
१२ चैत्र, काठमाडौं । चैत्र १३ गते बस्ने गरी तय भएको प्रतिनिधिसभाको वैठक चैत्र २३ गतेसम्मका लागि फेरि सारिएको छ । यसअघि ६ चैत्रमा सूचना टाँस गरी चैत्र १३ गतेसम्मका लागि सारिएको थियो ।
सरकारले चैत्र १८ गतेसम्म लकडाउन गरेको छ । यो लम्बिने लगभग निश्चित जस्तै छ ।
छिमेकी देश भारत हिजोदेखि तीन हप्ताका लागि लकडाउन गरिएको छ । कोरोना संक्रमण भारतमा बढ्दै गएको छ र नेपालमा पनि बढिरहेको छ । कम्तिमा भारतसँग लय मिलाएर यहाँ लकडाउन गर्नुपर्ने देखिन्छ ।
पटकपटक सदन स्थगित गर्दै जानुभन्दा पनि हिउँदे अधिवेशनको अन्त्य गरेर वर्षे अधिवेशनका लागि तयारी गर्नु नै सही हुन्छ ।
सरकारले यो हिउँदे अधिवेशनमा कुनै महत्वपूर्ण अजेण्डा पारित गर्नैपर्ने अवस्था छ भने पनि त्यसलाई अहिले थाती राख्दा नै हुन्छ । देश कोरोनाको संक्रमणको त्रासमा अल्झिएको यो बेलामा थाती रहेका मुद्धालाई सदन र पार्टीमा बल्झाउँदा पार्टी, संसदमा मात्र होइन जनतामा समेत राम्रो सन्देश जाँदैन ।
प्रतिक्रिया