स्पेनले पनि उछिन्यो चीनलाई, ३४३४ मरे

१२ चैत्र, काठमाडौं । कोरोना भाइरसको महामारीले स्पेनमा मर्नेको संख्या ३,४३४ पुगेको छ । मंगलवारदेखि यता स्पेनमा नयाँ सात सय ३८ मरेका छन् । चीनले यो महामारीको व्यवस्थापन गरिसकेको छ । 

यो महामारीबाट चीनलाई उछिन्नेमा युरोपको स्पेन पहिलो देश होइन । इटालीले यसअघि नै उछिनिसकेको छ । इटालीमा अहिलेसम्म मर्नेको संख्या ६,८२० पुगेको छ ।