झनै जटिलतामा पार्टी एकता

झनै जटिलतामा पार्टी एकता

‘विघटित कार्यदलमा यति र उतिको असहमति भनेर जुन हास्यास्पद नाटक मञ्चन गरियो, दुनियाँ हँसाउने खेल भयो, आआफ्नो पार्टी कमिटीमा आफ्नो मत दिनुको साटो पार्टीमा वहुमत र अल्पमतको खेल खेलाउने वातावरण बनाउने, पोजिशन लिने अवस्था जो बन्यो, त्यो गलत छ’ नेकपाका स्थायी सदस्य हरिबोल गजुरेलको तर्क छ । 

 

गत वर्ष जेठ ३ गते तत्कालीन एमाले र माओवादी केन्द्रबीच पार्टी एकता घोषणा गर्दा तीन महिनाभित्र सांगठनिक एकतालाई टुङ्गोमा पु¥याउने निर्णय सार्वजनिक गरिएको थियो । भनिएको समयमा एकता प्रक्रियाले पूर्णता पाउन नसकेपछि पटकपटक समय थपिएको छ । केन्द्रीय सदस्यको चयन, प्रदेशमा नेताहरुको जिम्मेवारी बाँडफाँड, प्रदेश सदस्यको सिफारिस, प्रदेशमा मुख्यमन्त्री र मन्त्रीहरुको छनौट, राजनीतिक नियुक्तिलगायतका विषयमा नेपाल कम्युनिस्ट पार्टीभित्र विवाद रहँदै आएको छ ।

सरकार सञ्चालन तथा सांगठनिक निर्णयमा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी गरेको भन्दै पार्टीका बरिष्ठ नेता माधवकुमार नेपाल पक्षले असहमति जनाउँदै आएको छ । सरकार सञ्चालनका विषयमा चुप रहे पनि सांगठनिक विवादका विषयलाई हल गर्न भन्दै सचिवालय सदस्य एवम् गृहमन्त्री रामबहादुर थापा ‘बादल’ को नेतृत्वमा एउटा कार्यदल गठन गरियो ।

तर, विवादित विषयमा हल गर्नका लागि सुझाव दिनका लागि गठन गरिएको कार्यदल आफै विवादमा तानियो । सुझाव दिन गठन गरिएको कार्यदलमा अल्पमत र बहुमतको आधारमा सुझावका विषयलाई बुँदागत गर्ने प्रयत्न एउटा पक्षले गरेपछि पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष प्रचण्डले त्यसो नगरी सहमतिको विषयलाई मात्र समेटेर ल्याउन भने । गृहमन्त्री वादलको नेतृत्वको टोलीले सहमतिको प्रतिवेदन पहिला अध्यक्ष र पछि सविालयलाई दियो । त्यसपछि कार्यदललाई धन्यवादसहित विघटन गरियो । 

त्यसपछि कार्यदललाई हतियार बनाएर आफ्नो अभिष्ट पूरा गर्ने प्रयत्न माधव नेपाल पक्षले ग¥यो । त्यसमा तत्कालीन माओवादी केन्द्रका नेता वर्षमान पुन र लेखराज भट्ट पनि मतियार भए । 

‘विघटित कार्यदलमा यति र उतिको असहमति भनेर जुन हास्यास्पद नाटक मञ्चन गरियो, दुनियाँ हँसाउने खेल भयो, आआफ्नो पार्टी कमिटीमा आफ्नो मत दिनुको साटो पार्टीमा वहुमत र अल्पमतको खेल खेलाउने वातावरण बनाउने, पोजिशन लिने अवस्था जो बन्यो, त्यो गलत छ’ नेकपाका स्थायी सदस्य हरिबोल गजुरेलको तर्क छ । 

नेकपाको गत असोजमा बसेको सचिवालय बैठकले प्रदेशको इञ्चार्ज, सह–इञ्चार्ज, अध्यक्ष र सचिव तोकेपछि ओली र नेपाल पक्षबीचको विवाद सतहमै देखिएको थियो । ‘कसैलाई खातैखात, कसैलाई पुर्पुरोमा हात’ भएको भन्दै माधव नेपाल पक्षले दोहोरो जिम्मेवारी दिन नहुने अडान राख्यो । प्रदेश नम्बर ४ र ५ मुख्यमन्त्रीहरु पृथ्वी सुब्बा गुरुङ र शङ्कर पोखरेललाई पार्टीको प्रदेश इञ्चार्जको पनि जिम्मेवारी दिइएपछि नेपाल पक्ष ओलीसँग झनै चिढिएको थियो ।

यसैबीच सांगठनिक विवाद समाधानका लागि गठित ‘बादल’ नेतृत्वमा महासचिव विष्णु पौडेलसहित ९ सदस्यीय कार्यदलले सहमति भएका विषय दुई अध्यक्षलाई बुझाउने र सहमति जुट्न नसकेका विवादित विषयलाई दुई पार्टी अध्यक्ष र स्थायी समितिले मिलाउने भनेपछि त्यसमा असहमत कार्यदलका सदस्यले आफ्नो मत बुझाए । सुरेन्द्र पाण्डे, योगेश भट्टराई, बेदुराम भुसाल, वर्षमान पुन र लेखराज भट्टले कार्यदलमा उठेका सुझावका विषयलाई मतका आधारमा टुङ्याउनु पर्ने अडान लिए । संयोजक बादलसहित महासचिव विष्णु पौडेल, स्थायी कमिटी सदस्य शंकर पोखरेल र रघुवीर महासेठले सुझावलाई अल्पमत र बहुमतका आधारमा टुङ्गो लगाउँदा पार्टीको सांगठनिक जीवनमा राम्रो सन्देश नदिने बताउँदै त्यसो गर्न नहुने अडान राखे ।

हरेक निर्णय बहुमत र अल्पमतका आधारमा गर्दा विवाद झनै बढ्ने यसले एकता प्रक्रिया र पार्टी सञ्चालन झनै जटिल बन्ने नेकपाका नेता हरिबोल गजुरेल ‘शीतलकुमार’ ले बताए । बादल नेतृत्वको कार्यदल सांगठनिक विषयमा उठेका विवादबारे सुझाव दिनका लागि मात्र गठन गरिएको संयन्त्र भएको बताउँदै गजुरेलले भने, ‘यो पार्टीको कुनै कमिटी होइन ।’

तत्कालीन एमाले र माओवादी केन्द्रबीचको एकतापछि बनेको नेकपा बनेपछि पूर्व पार्टीका प्रायः सबै नेता–कार्यकर्ता यतिबेला जिम्मेवारीविहीन अवस्थामा छन् । गुटको धङ्धङ्गीमा नेकपा झनै फसेको कार्यकर्ता वृत्तमा चर्चा छ । 

खासगरी पूर्व एमालेभित्रको माधव नेपाल पक्ष क्रिकेट खेलको जस्तै ‘छक्का’ प्रहार गरेर ओलीलाई असफल बनाउने ध्याउन्नमा देखिएको छ । ओली पक्ष पनि माधव नेपाल पक्षलाई सांगठनिक रुपमै ‘क्लिन स्वीप’ गर्ने मनस्थितिमा देखिएको छ । दर्शकका रुपमा हेर्नेहरुलाई रोचक रहे पनि ओली र नेपाल दुबै पक्षमा भिडिरहेका ‘फिल्डर’हरु असुरक्षा र आशङ्काबाट भने मुक्त हुन सकेका छैनन् । 

यतिबेला सबै पक्षलाई मिलाएर शान्ति र समृद्धिको यात्रामा विशेषतः तत्कालीन माओवादीको भूमिका अपेक्षाकृत महत्वपूर्ण हुनुपर्नेमा वर्षमान पुन र लेखराज भट्टको माधव नेपाल पक्षको लबीमा लपक्कै टाँसिएर किचलोमा फँस्नुले पटक्कै राम्रो गरेको छैन । यसले पार्टी एकतालाई झनै टटिलतामा नै फसाउने काम गरेको छ ।