कतारबाट आएका थिए तेस्रो संक्रमित व्यक्ति, गम्भीर विरामी भएर ५ दिनपछि टेकु पुग्दा 'कोरोना पोजेटिभ'

कतारबाट आएका थिए तेस्रो संक्रमित व्यक्ति, गम्भीर विरामी भएर ५ दिनपछि टेकु पुग्दा 'कोरोना पोजेटिभ'

काठमाडौं । कोरोना भाइरसबाट संक्रमित तेस्रो व्यक्ति कतारबाट आएको पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले बुधबार अपराह्न मन्त्रालयमा पत्रकार सम्मेलन गरी नेपालमा तेस्रो संक्रमित व्यक्ति धादिङका ३२ वर्षीय पुरुष भएको र उनी चैत ६ गते कतारबाट आएको बताएका हुन्।

नेपाल आएर उनी होटलमा बसेका थिए। होटलमा बस्दा गंभीर विरामी परेर धेरै असहज भएपछि अस्पताल भर्ना हुँदा कोरोना पोजेटिभ देखिएको मन्त्री ढकालले बताए । मन्त्री ढकालका अुनसार उनी बसेको होटल, सम्पर्कमा आएका व्यक्तिको विधि पुर्याएर खोजी भइरहेको छ साथै संक्रमित व्यक्तिलाई क्वारेन्टाइनमा राखेर उपचार शुरु गरिएको छ।

यसअघि फ्रान्सबाट फर्किएकी एक युवतीमा कोरोना संक्रमण देखिएको थियो। नेपालमा उनी दोस्रो संक्रमित थिइन्। पहिलो संक्रमित चीनबाट आएका व्यक्ति उपचारपछि घर फर्किसकेका छन्।