अमेरिकी अर्थतन्त्रको अस्तित्व संकटमा 

अमेरिकी अर्थतन्त्रको अस्तित्व संकटमा 

काठमाडौ । अमेरिका दुई महामारी कोभिड–१९ र बढदो बेरोजगारीको गम्भीर संकटको मोडमा उभिएको छ । बिजनेस वीकका पूर्व एसियाली एक सम्मानित पत्रकार डेभ लिन्र्डोफले यस्तो बताएका छन् ।

अमेरिकी संसद सिनेट र राष्ट्रपति भवन ह्वाइट हाउसले कोरोनाभाइरसले पारेको आर्थिक असर कम गर्न प्रोत्साहन अनुदान वितरण गर्न २० खर्ब अमेरिकी डलर बराबरको सम्झौता गर्न अन्ततः सफलता पाए पनि यो धन धेरै थोरै र धेरै ढिला गरी आएको छ । अमेरिका र विश्वको स्टक बजारले मन्दी दर्शाइरहेको छ ।

कोरोनाभाइरसले निम्त्याएको मन्दीको समस्याले बढदो रोजगारी चक्र, बढदो खर्च र कर्पोरेट मुनाफा र अर्थतन्त्र चलायमान राख्ने तत्वहरूलाई भंग गरिरहेको छ ।

कोरोनाभाइरस महामारीको बृद्धिलाई सुस्त गर्न नसके र सन् १९३०को गृष्मकालीन  महामन्दीयता देखिएको बढदो बेरोजगारीका लागि निर्णायक व्यवहार गर्न नसके दुबै संकटले अमेरिकाका लागि एक मृत्यु चक्र लिएर आउनेछ ।

अमेरिकाले सामाना गरी रहेका समस्याहरू लामो समयदेखि थाँती रहेका गहिरा रहेका छन् । नर्वेको युनिभर्सिटी अफ साइन्स एन्ड टेकनलजिले विदेशमा अध्ययन गरिरहेका विद्याथीहरूका नाममा लेखिएको एक पत्रमा सर्वाधिक  विकसित देशहरूमा एक्लो अमेरिकामा कमजोररूपमा स्वास्थ्य सेवा तथा पूर्वाचार विकसित भएको उल्लेख गरिएको छ ।

अमेरिकाकाका सबै ५० प्रदेशमा ५५ हजार बढी संक्रमित रहेको विद्यमान अवस्थामा  सरकारको कमजोर योजनाका कारण कोभिड –१९को परीक्षण बाकसको अचम्म लाग्दो ढंगबाट अभाव हुन पुगेको छ । अमेरिकी प्रान्तहरूले बन्द गराउने आदेश दिएयता शहरमा गुडेका गश्तीका गाडी र एम्बुलन्स सेवाका गाडीले जीवन बाँकी रहेको संकेत अमेरिकाका प्रमुख शहरमा दिइरहेका छन् ।

बेरोजगारी दोस्रो  ठूलो महामारी बनेर आइरहेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोभिड –१९को असर कम गर्न चालेको कदम भन्दा पहिले धेरै मानिसले रोजगार गुमाइसकेका छन् ।ट्रम्पले बेरोजगार क्षतिपूर्ति कार्यक्रम सञ्चालन गर्ने जिम्मेवार प्रादेशिक सरकारलाई विश्वास दिलाउने प्रयास गरेको देखिए तर मार्चमा नयाँ आवेदनहरूको ठीक तथ्यांक उपलब्ध हुन गाह्रो हुन पुगेको छ ।

फर्चुन म्याग्जिनले मार्च महिनाको अन्त्यमा मात्र ५० लाख देखि ६० लाख मानिसले रोजगारी गुमाएको हुन सक्ने अनुमान गरेको छ । द इकोनामिक पलिसि इन्स्टिच्युटको नयाँ प्रतिवेदनका अनुसार  विगतका केही सातामा ३४ लाख रोजगार गुमाएका कामदारहरूले सुविधाका लागि आवेदन दिएका छन् ।

यो संख्या १२ महिना अघि नयाँ बेरोजगारले सुविधाका लागि गरेको आवेदन भन्दा ५० प्रतिशतले बढी रहेको छ । कुनै एक महिनामा यो आवेदन गर्ने संख्या अमेरिकी इतिहासमै सबै भन्दा धेरै रहेको छ । यो भन्दा बढी काम गुमाएका कामदारले अप्रिल र त्यो भन्दा बढी मेमा आवेदन दिने देखिएको छ ।

गत साता ट्रेजरी मन्त्री स्टिभन नुचिनले कोरोनाभाइरस संकट यस्तै रहे र प्रोत्साहन अनुदान प्याकेज पारित नभए गृष्मकालीन मौसम शुरू हुन अघि अमेरिकामा २० प्रतिशत बेरोजागर हुने चेतावनी दिएका थिए । आम्दानी वा कुनै आर्थिक उपार्जन गने स्रोत नभएका यस्ता व्यक्तिहरूको परिवारहरूको संख्या १० करोड हुनेछ ।

यस्ता व्यक्तिहरूको संख्या कुल जनसंख्याको एक चौथाइ देखि एक तिहाइसम्मको हुने अनुमान छ । यस्ता व्यक्तिका लागि १ हजार डलर देखि १ हजार ५सय डलरसम्मको अनुदान व्यवस्यक व्यक्तिका लागि मात्र हुनेछ । यो अनुदान एक महिनामा भाडा र खानाका लागि पर्याप्त हुँदैन् ।

अमेरिकाको ब्युरो अफ इकोनोमिक रिसर्चले जनाए अनुसार उत्पादनमूलक क्षेत्रको उत्पादन कुल गार्हस्थ्य उत्पादन जीडीपीको ११.६ प्रतिशत मात्र रहेको छ । उपभोक्ता खर्च जीडीपीको ८० प्रतिशत छ ।  

यस्तोमा सबाल खडा हुन्छ कि सिनेमा र हतियार बाहेक वास्तवमा केही उत्पादन नगर्ने देशले अर्थतन्त्रको गतिविधि वा समाजको गतिविधि जहाँ खर्च गर्न धन हुँदैन कसरी हुन्छ ?  मानिससँग धन हुँदैन उनीहरू केही खरिद गदैनन् ।

यस्तोमा अमेजन जस्ता कम्पनीले ढोका ढोकामा सामान पु¥याउँछ उनीहरूले टोइलेट पेपर, स्यानिटाइजर र मास्क बिक्री गरिरहनेछन् । उडान सेवालाई मासिक भुक्तानी गर्न ठूलो समस्या आइपरेको छ । अमेरिकी कांग्रेसको राहत प्याकेज ५० अर्ब अमेरिकी डलर बराबरको ऋण उपलब्ध गराउने भनेका आधारमा उडान सेवा सञ्चालनमा नआए त्यसको पुनर्भुत्तानीको आश गर्न सकिदैन् ।

अमेरिकाका तीन ठूला वाहन उत्पादन गर्ने कम्पनी जीएम, फोर्ड र फिएट किर्सलरका कामदार काममा आइरहेका छैनन् । कार किन्ने चाहना हराएको छ । यी तीन कम्पनीको संयुक्त ऋण जीएमको ९४.२ अर्ब, फोर्डको १५५ अर्ब र फिएटको १२.९ अर्ब गरी कूल २६२ अर्ब अमेरिकी डलर छ ।

यी कम्पनीहरूले कार ट्रक कहिले बेच्ने र कहिले भुक्तानी गर्ने समस्या खडा भएको छ ।सन् २००८–०९को मन्दीका बेला टाटपल्टिनबाट जोगाउन जीएमलाई सरकारले ४९.५ अर्ब अमेरिकी डलरको जमानत दिएको थियो अन्यथा यो कम्पनीको पहिचान त्यतिखेरै हराउने थियो । अमेरिकी अर्थतन्त्रको समग्रतामा अस्तित्वको संकट आइपुगेको छ ।