यदि कोरोना पोेजिटिभ देखियो भने के गर्ने ?

यदि कोरोना पोेजिटिभ देखियो भने के गर्ने ?

कोरोना भाइरस संसारभरि फैलिएर आतंकको वातावरण बनेको छ । तर, अधिकांशमा हल्काफुल्का या सामान्य लक्षण हुन्छ, जसमा अस्पतालमा भर्ना हुन आवश्यक नै पर्दैन । यस्तो अवस्थामा आतंकित हुने होइन, संयम र समझदारीपूर्वक काम गर्न आवश्यक हुन्छ । कोरोना भाइरस पोजिटिभ देखिएपछि के गर्ने र के नगर्ने भन्नेबारेमा अध्ययन गरौं,

संक्रमणको शंका भयो भने के गर्ने ?

सुरक्षित रहनुपर्ने भएकाले अस्पतालमा पहिला नै फोन गर्ने 
परामर्शका लागि इमर्जेन्सीमा पनि फोन गर्न सकिन्छ 
अस्पतालहरुमा कोरोना भाइरसको हेरचाहका लागि अलग्गै व्यवस्था छ
यदि फ्लू जस्तो लक्षण भयो भने एकदमै सतर्क रहने र डाक्टरसँग परामर्श लिने  
इमर्जेन्सीमा जानका लागि आवश्यक छ कि छैन भन्नेबारेमा आफैंले निर्णय लिने । सामान्य रुघाखोकीमा पहिला मान्छे इमर्जेन्सीमा त जाँदैन थिए । इमर्जेन्सीमा भीडभाड पनि हुने भएकाले सामान्य अवस्थामा नजानु नै सही हुन्छ । 
यदि लक्षण कोरोना भाइरस नै भए पनि अधिकांशलाई इमर्जेन्सीमा जान आवश्यक नै पर्दैन । पहिला आफ्नो निकटको डाक्टरसँग परामर्श लिने । 

धेरै जोखिम भएका विरामीको हकमा


्हृदय, किडनी, मधुमेह तथा क्यान्सरका विरामीहरु यस श्रेणीमा पर्छन ।
डाक्टरले सल्लाह दिएर उचित उपचारका लागि सल्लाह दिन्छन । 
ज्यादा जोखिमवाला विरामीलाई लक्षण देखिने वित्तिकै डाक्टरसँग सम्पर्क राख्ने ।
ज्यादा जोखिमवाला विरामी दम, श्वासप्रश्वास या फोक्सोको विरामी पनि हुन, पहिला निमोनिया भइसकेका विरामी पनि जोखिमवाला विरामीमा राख्नुपर्छ ।
विरामी अलग्गै कोठामा बस्ने । अन्यसँग सम्पर्क नगर्ने । घरेलु जनावरबाट समेत टाढा रहने । 
सम्भव हुन्छ भने अलग्गै बाथरुमको प्रयोग गर्ने । यदि बाथरुम साझा छ भने संक्रामक नुहाइसकेपछि स्यानेटाइजर प्रयोग गरेर मात्र अरुले प्रयोग गर्ने । 
रोगीलाई खाना ढोकामा नै राखिदिने ।
रोगी तथा हेरचाह गर्नेलाई मास्कको प्रयोग गर्ने । 
विरामीसँगै खाना, तौलिया, ओछ्यानको प्रयोग नगर्ने । 
घरमा आम ठाउँहरु खुल्ला राख्ने । हावा आउने व्यवस्था गर्ने । झ्यालहरु खुल्ला नै राख्ने ।
विरामीको कोठा सफा गरिरहने । स्यानेटाइजर, टिस्यु पेपर र तौलीको प्रयोग गर्ने । 
हात पटकपटक साबुन या स्यानेटाइजरले धोइरहने । हरेक वस्तु छोएपछि स्यानेटाइजर वा साबुन पानीले अनिवार्य हात धुने ।
तरल पदार्थ तथा सूपहरु धेरै पिउने । 
नियमित शरीरको तापक्रम नापिरहने । 
डब्लुएचओको सल्लाह छ कि लक्षण समाप्त भएपछि पनि १४ दिन आइसोलेशनमा रहनुपर्छ ।  स्रोत : न्युयोर्क टाइम्स