सरकार, आवश्यक किटको व्यवस्था गर !
झिल्को टिप्पणी
सरकारले चैत्र ११ गतेबाट चैत्र १८ गते विहान ६ बजेसम्मका लागि घोषणा गरेको ‘लकडाउन’ को आज तेस्रो दिन अघिल्लो दिनहरुभन्दा सफल भएको छ । तर, जनमानसमा त्रास भने घटेको छैन । नेपालमा अहिलेसम्म तीन जना संक्रमित भेटिएका छन् । जसमध्ये एकजना पूर्ण रुपमा निको भइसकेका छन् । नेपालमा संक्रमितको संख्या यति मात्र होला भन्ने विश्वास कसैलाई लागिरहेको छैन ।
सरकारले नयाँ संक्रमित पुष्टि हुने वित्तिकै ‘लक डाउन’ त ग¥यो तर अहिलेसम्म कति संक्रमितको संख्या छ भन्ने पुष्टि गर्न आक्रामक ढंगले चेकजाँच गर्न आवश्यक सामग्रीको अभाव छ ।
वुहानबाट उत्कर्षमा देखिएको कोरोना भाइरसको दोस्रो केन्द्रविन्दु दक्षिण कोरिया हुनसक्ने भनेर अनुमान लगाइएको थियो । तर उसले दैनिक बीस हजारसम्म मानिसहरुको चेक जाँच गरेर कोरोना भाइरस विरुद्ध ‘लकडाउन’ बिना नै आफ्नो नियन्त्रणमा लिइरहेको छ । उसको प्रशंसा अहिले विश्वव्यापी भइरहेको छ । एउटै रोग तर सात समुद्र पारिका देश इटाली, स्पेनलाई यसको नियन्त्रण गर्न ठूलो चुनौती बनिसकेको छ । सुरुमै सतर्क भएर आवश्यक जाँच गरेको भए उनीहरुको यो अवस्था हुने थिएन ।
यो भाइरस चीनको वुहानमा पहिलो पल्ट डिसेम्बरको अन्तमा देखा परेको थियो । अहिले युरोप र अमेरिका हुँदै हाम्रो छिमेकी देश भारतमा पनि दिनप्रति दिन संक्रमितको संख्या बढिरहेको छ । डब्लुएचओले नेपाललाई उच्च जोखिम घोषणा गर्नुभन्दा अगाडि हामी ढुक्कसाथ बसिरहेका थियौं । यसको मतलव सरकारको तर्फबाट पूर्वतयारी शून्य जस्तै थियो ।
भलै अहिलेसम्म तीन जनामात्र संक्रमितको संख्या देखिएको किन नहोस, अझ यसबाट मानवीय क्षति नभएकाले मात्रे नेपाल सुरक्षित छ भन्ने प्रमाण दिदैंन । तर यतिका समयसम्म पनि आवश्यक सामाग्री जुटाउन नसक्नु सरकारको गम्भीर गल्ती भइसकेको छ । अब ढिला नगरी यही ‘लकडाउन’ को बेलामा नै आवश्यक सामाग्री जुटाउन सक्नुपर्ने उसको दायित्व र चुनौती दुवै हो ।
भनिन्छ नि æDisease know is half cured" रोग पत्ता लाउनु नै ठूलो औषधि हो । त्यसैले अहिले कति मानिस संक्रमित छन् भन्ने थाहा पाउन अत्यन्त जरुरी छ । हामीसँग चेक जाँचको किट समेत नहुँदा कोरोना भाइरसको लक्षण देखिएका विरामीलाई जाँच गर्न नपाउनु अत्यन्तै दुःखद कुरा हो । कोरोना भाइरसको विरुद्धको लडाईको अग्रभागमा लड्ने डाक्टर, नर्स र सुरक्षाकर्मीहरुको स्वास्थ्य सुरक्षाको ग्यारेन्टी उत्तिकै आवश्यक छ । डाक्टर र नर्सहरु हस्पिटल जान नसक्ने चेतावनी आइसकेको छ । तर, सरकार चीनले सहयोग गर्न तयार रहेको जानकारी पटकपटक दिइरहदा पनि ‘पर्ख र हेर’ को अवस्थामा बसेको छ । ‘लकडाउन’ ले धेरै हदसम्म कोरोना भाइरसलाई फैलनबाट रोकिरहेको त छ तर यतिले मात्र हुँदैन ।
कुनै पनि हालतमा हेलचेक्र्याँई नगरी आवश्यक सामाग्री जुटाएर देशव्यापी टेष्ट गर्ने सामग्री उपलब्ध गराउनु सरकारको दायित्व हो ।
यो पनि पढ्नुहोस, कोरोना भाइरससँगको युद्धमा स्वास्थ्य मन्त्रालय राम भरोसेमा
कोभिड १९ः नयाँ परिवेशको तेस्रो विश्वयुद्ध
प्रतिक्रिया