कमलामाई नगरपालिका वाहेक सिन्धुलीको स्थानीय तहमा काम भएन

कमलामाई नगरपालिका वाहेक सिन्धुलीको स्थानीय तहमा काम भएन

उज्ज्वल बराल

 

फ्रान्सबाट आएकी युवतीसँगैको जहाजमा आएका एक युवा दुधौलीमा रहेको मैंले जानकारी पाएको छु र स्थानीय प्रशासनलाई इन्फर्म गरेको छु, तर, ती युवा अहिलेसम्म क्वारेन्टाइनमा बसेका छैनन् । राहदानीमा ठेगाना अन्यत्रै रहेको भए पनि त्यस्ता मानिसहरु सिन्धुलीमा पनि आएका छन् । हामीहरुले त्यसको सबै रेकर्ड खोज्नुपर्छ । स्थानीय तहका सबै सरकारहरुले विदेशबाट आएकाहरुको अभिलेख राखेर त्यस्ता व्यक्तिलाई क्वारेन्टाइनमा राख्न सक्नुपर्छ ।

बूढापाकाले गाउँघरमा भन्ने गर्थे, ‘काल बाजा बजाएर त आउँदैन !’  तर अहिले हामीले त्यो उखानलाई असत्य सावित गरिरहेका छौं । छिमेकी राष्ट्र चीनको वुहान शहरबाट देखिएको कोरोना भाइरस विश्वभर एकपछि अर्को देश हुँदै आइरहेको छ । हामी त्यो महामारी अर्थात काल आएको टुलुटुलु देखिरहेका छौं अनि भनिरहेका छौं, हामीलाई लिनका लागि काल आइरहेको छ, अनि त्यो काललाई रोक्न सबैतिरबाट सजगता अपनाइरहदा हामीहरु के चाहिं भइहाल्छ र ! भने झैं गरी सरकारले गरेको लकडाउनको बर्खिलाप गरिरहेका छौं र हाम्रो घरको झ्यालबाट छिरेको काललाई आफ्नो घर, टोल, समाज र सिंगो देशमा फैलनका लागि वातावरण त बनाइरहेका छैनौं ? अहिले हामीले यो प्रश्नको उत्तर आफैंसँग खोज्ने बेला आएको छ ।

हाम्रा डाक्टर, स्वास्थ्यकर्मी र जनताको सुरक्षामा खटिएकाहरुसँग कोरोना संक्रमणको जोखिम छेक्ने साधन छैन, हामीसँग उक्त रोगको परीक्षण गर्ने किट छैन, हनहन्ती ज्वरो आउँदा जाँच गर्ने पर्याप्त यन्त्र छैन । यस्तो अबस्थामा हामीहरुमाझ सरकारले दिएको निर्देशनलाई पालना गर्ने र आफ्नो तर्फबाट स्वास्थ्य सजगता अपनाउने भन्दा अरु कुनै उपाय छैन । नेपालमा संक्रमित युवती र युवाहरु लर्काे नै छ, तर उनीहरु समाजबाट अपहेलित हुने डरले हुनुपर्छ, खुलेर स्वास्थ्य संस्था, सुरक्षा निकायमा आइरहेका छैनन् । फ्रान्सबाट आएकी युवतीसँगैको जहाजमा आएका एक युवा दुधौलीमा रहेको मैंले जानकारी पाएको छु र स्थानीय प्रशासनलाई इन्फर्म गरेको छु, तर, ती युवा अहिलेसम्म क्वारेन्टाइनमा बसेका छैनन् । राहदानीमा ठेगाना अन्यत्रै रहेको भए पनि त्यस्ता मानिसहरु सिन्धुलीमा पनि आएका छन् । हामीहरुले त्यसको सबै रेकर्ड खोज्नुपर्छ । स्थानीय तहका सबै सरकारहरुले विदेशबाट आएकाहरुको अभिलेख राखेर त्यस्ता व्यक्तिलाई क्वारेन्टाइनमा राख्न सक्नुपर्छ ।

जिल्ला विपत व्यवसपन समितिको बैठकमा नेपाली कांग्रेसका तर्फबाट मैंले पार्टीको स्पष्ट धारणा राखेको थिएँ, आफ्नो तर्फबाट पहल पनि गरेको छु । कोरियामा काम गर्न जाने नेपालीहरुले सिन्धुली जिल्लाका लागि एक सय १० थान ज्वरो नाप्ने मेसिन पठाउँदैछन् । त्यो जिल्ला जनस्वास्थ्य कार्यालयाई हस्तान्तरण गर्ने तयारी छ । अहिले यतिबेला बैठक बस्ने, भेला हुने होइन, काम गरेर देखाउने हो । यतिबेला सिन्धुलीमा स्थानीय निकायमा सबैभन्दा अगाडि कोरोना रोकथाम र नियन्त्रणका लागि कमलामाई नगरपालिका र नगरप्रमुख खड्गवहादुर खत्रीको सक्रियता निकै अव्वल देखिएको छ । उहाँले मेरो नगरपालिकाभित्रका कोही पनि नागरिकलाई सुरक्षाको प्रत्याभूत दिलाउने र स्वास्थ्य उपचार पाएनन् भनेर भन्ने अबस्था आउनै दिन्न, त्यसको म जिम्मा लिन्छु भन्नुभएको छ, त्यो अत्यन्तै राम्रो कुरा हो । कोरोना संक्रमणका विरुद्ध नगरपालिकाभित्र गरिएका पूर्व तयारी निकै उत्साहजनक छ । तर, जिल्लाका अन्य स्थानीय निकायको सक्रियता हेर्दा उदेक लाग्दो छ । दुधौलीले अहिलेसम्म पनि क्वारेन्टाइन बनाउन सकेको छैन । 

नेपाली कांग्रेस सिन्धुलीको सभापतिको हैसियतले म सबै जिल्लासीलाई भन्न चाहन्छु, विश्वव्यापी फैलिएको कोरोना महामारी हाम्रो घरमा छिरिसकेको छ । त्यसलाई फैलनबाट रोक्न संभावित संक्रमितहरुको अभिलेख राखौं, जनस्वास्थ्यकर्मीलाई सुरक्षितसाथ विरामीहरुको उपचार गर्न सक्ने बनाऔं, बिना हिच्किचाहट आंशंका लागेमा १४ दिनसम्म क्वारेन्टाइनमा बसौं, घरबाट कोही पनि बाहिर ननिस्कौं, लकडाउनको पूर्ण रुपमा पालना गरौं तब मात्रै हामीले घरभित्र पसेको काललाई लखेट्न सक्छौं, परास्त गर्न सक्छौं, हामी परिवारका सबै सदस्यसँग खुशीकासाथ बस्न सक्छौं, अन्यथा पुर्पुरोमा हात लगाएर पछुताउने मात्रै हो । (लेखक नेपाली कांग्रेस सिन्धुलीका अध्यक्ष हुन)