जर्मनीका पर्यटक लिन कतार एयरको विमान नेपालमा

जर्मनीका पर्यटक लिन कतार एयरको विमान नेपालमा
काठमाडौं, १४ चैत । नेपालमा रहेका जर्मन पर्यटकलाई स्वदेश फर्काउन कतार एयरको विमान त्रिभुबन अन्तराष्ट्रिय विमान स्थलमा अवतरण गरेको छ । नेपालस्थित जर्मन दूताबासले चाटर्ड गरी सो विमानबाट आफ्ना नागरिकलाई स्वदेश फर्काउन लागेको त्रिभुवन विमानस्थल कार्यालयका महाप्रवन्धक देवेन्द्र के. सीले बताए ।