काठमाडौं, १४ चैत । कोरोना भाइरसलाई 'चीनियाँ भाइरस' भन्दै खिल्ली उडाउने र आफु कोरोना बिरुद्ध एकरत्ति पनि नडराउने भन्ने बिवादास्पद अभिब्यक्ति दिने हठि स्वभावका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प यतिबेला अमेरिकामा कोरोना भाइरसको संक्रमण नराम्रोसँग फैलिन थालेपछि अत्तालिका छन् । पछिल्लो समय उनी नरम बन्न थालेका छन् । ट्रम्पका अभिब्यक्ति र ब्यबहारले नै पछिल्लो सयम यो पुस्टि गरेको छ ।
उनले चीनका राष्ट्रपति सी चिनफिङसँग वार्ता गरेका छन्। दुई देशका राष्ट्रपतिले कोरोना भाइरको रोकथामका लागि वार्ता गरेको अमेरिकी राष्ट्रपति ट्रम्पले ट्वीटमा उल्लेख गरेका छन्।
राष्ट्रपति ट्रम्पले भनेका छन्, ‘भर्खर चीनको राष्ट्रपति सीसँग कुराकानी भयो, कोरोना भाइरसको बारेमा विस्तृत छलफल गरियो, चीनले यो भाइरसविरुद्ध लड्न धेरै राम्रो प्रयास गरिरहेको छ। हामी सँगसँगै काम गरिरहेका छौं।’
चीनको वुहानबाट गत डिसेम्बरको अन्त्यमा फैलिएको कोरोना भाइसको संक्रमण विश्वभर फैलिएको छ। केही समय अघि चिनियाँ भाइरस भन्दै राष्ट्रपति ट्रम्पले भनेपछि चीन अमेरिकासँग रुष्ट बनेको थियो। अमेरिकाको यो प्रयासले चीन सकारात्मक बनेको थियो ।
तर यतिबेला आएर दुवै देशले मिलेर काम गर्न अमेरिकाले प्रतिवद्धता जनाएको छ।
यसअघि संयुक्त राष्ट्रसंघले पनि कोरोनाबिरुद्धको लडाईँमा विश्व एक हुनु पर्ने भन्दै एक्लाएक्लै लडेर कोरोना बिरुद्धको लडाईँमा बिजय प्राप्त गर्न नसकिने जनाएको छ ।
प्रतिक्रिया