३०७ जर्मन यात्रु बोकेर काठमाडौंबाट फर्कियो कतार एयर

३०७ जर्मन यात्रु बोकेर काठमाडौंबाट फर्कियो कतार एयर
काठमाडौं, १४ चैत । कतार एयरको विमान ३०७ जना जर्मन यात्रु लिएर काठमाडौबाट फर्किएको छ ।सो विमानमा तीन बालबालिका सहित ३०७ यात्रु रहेको र विमान मध्यान्न ११ः ५० मा काठमाडौबाट उडेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका निर्देशक देबेन्द्र केसीले बताए । जर्मन दूताबासले आफ्ना नागरिकको उद्धारका लागि सो विमान चार्टड गरेर काठमाडौ ल्याएको हो ।