बेलायतका प्रधानमन्त्रीलाई कोरोना भाइरस

बेलायतका प्रधानमन्त्रीलाई कोरोना भाइरस

बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनलाई कोरोना पोजिटिभ भएको बताइएको छ । उनी अहिले सेल्फ आइसोलेशनमा छन् र उनको स्वास्थ्य स्थिति ठीकै रहेको छ । 

उनले पछिल्लो २४ घण्टामा कोरोनाका केही लक्षण देखिएको र आफूलाई कोरोना पोजिटिभ भएको र आफू अहिले सेल्फ आइसोलेशनमा रहेको ट्विटमार्फत् बताएका छन् । उनले सबै मिलेर यसलाई हराउने दावी पनि गरेका छन् । 

बेलायतमा एघार हजार छ सय संक्रमित भएका छन् र पाँच सय ७८ को ज्यान गइसकेको छ ।