नेपालमा कोरोनाको चौथो संक्रमित भेटिए

नेपालमा कोरोनाको चौथो संक्रमित भेटिए
काठमाडौं, १४ चैत । नेपालमा कोरोना भाइरस (कोभिड–१९) को चौथो संक्रमित भेटिएका छन्। स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले यसको पुष्टि गरेका हुन् । देवकोटाका अनुसार संक्रमित व्यक्ति सेती प्रादेशिक अस्पताल धनगढीमा उपचाररत थिए। 'उनी धनगढी प्रादेशिक अस्पतालमा उपचाररत छन्', देवकोटाले भने, 'उनको अवस्था सामान्य छ।' संक्रमित ब्यक्ति ३४ वर्षीय पुरूष हुन् ।