मानिसबाट जनावरमा कोरोना सरेको नयाँ केसले खोप बनाउनेको चिन्ता बढायो
काठमाडौ । कोरोनाभाइरसबाट बच्न सक्ने खोप बनाउन सक्रिय रहेका विश्वभरका वैज्ञानिकहरूको चिन्ता मानिसबाट जनावरमा सरेको नयाँ केसले चिन्ता बढाइदिएको छ ।
बेल्जियममा एक कोरोनाभाइरस संक्रमितको बिरालोमा सरेको केसले उनीहरूको चिन्ता बढेको हो ।
लिग बेल्जियममा संक्रमित भएका ती व्यक्तिको घरपालुवा एक साता पछि भाइरसका लक्षण देखा परेको हो ।
त्यो घर पालुवामा श्वासप्रवास र डायरियाको समस्या देखियो ।
बिरालोमा सर्नुको पछाडि त्यो जनावर मालिकसँगको निकट सम्बन्धले भएको बेल्जियमका कोरोनाभाइरस संकट केन्द्रका प्रवक्ता एम्मानुएल एन्ड्रेले बताए ।
मानिसबाट जनावरमा सर्ने प्रक्रिया एक दम न्यून दरमा रहेको बताउँदै उनले यस्तो जनाए ।
मार्चको शुरूमा हङकङको एक कुकुरलाई क्वारन्टाइनमा राखिएको थियो ।
बेल्जियममा कोरोनाभाइरसबाट मर्नेको संख्या २८९ पुगेको छ भने गत २४ घन्टामा १०४९ नयाँ संक्रमित फेला परि संक्रमितको संख्या ७२८४ पुगेको हो ।
प्रतिक्रिया