विश्व मन्दीमा विकासशील देशका लागि विशाल कोष आवश्यक 

विश्व मन्दीमा विकासशील देशका लागि विशाल कोष आवश्यक 

काठमाडौ । कोरोनाभाइरस महामारीले महामन्दीमा फसेको विश्वका विकासशील देशहरूलाई सहयोग गर्न विशाल कोषको आवश्यक हुने भएको छ ।

अन्तर्राष्ट्रिय मुद्रा कोषकी प्रमुख क्रिस्टालिना जोर्जिएभाले विश्व अर्थतन्त्र महामन्दीमा फसेकाले विकासशील देशहरूलाई सहयोग गर्न विशाल कोषको आवश्यकता हुने बताएकी छिन् ।

उनले अनलाइन प्रेस सम्मेलनमा यस्तो जनाएकी छिन् । उनले भनिन् “ हामी महामन्दीमा फसिसकेको स्पस्ट छ । यो सन् २०१९को महामन्दी भन्दा पनि खराब हुन सक्नेछ ।”

विश्वको अर्थतन्त्र अचानक रोकिएको बताउँदै जोर्जिएभाले उदीयमान बजारका लागि समग्ररूपमा वित्तीय सहयोग २५ खर्ब अमेरिकी डलर बराबरको आवश्यक हुने बताइन् ।

साथै उनले यो रकम न्यूनतम अनुमान हो । उनका अनुसार विश्वका ८० देशले वित्तीय आकस्मिक अनुदानका लागि अन्तर्राष्ट्रिय मुद्रा कोषमा आवेदन दिइसकेका छन् ।