नेपाल एयरलाइन्सको विमान दुर्घटना

नेपाल एयरलाइन्सको विमान दुर्घटना

काठमाडौंबाट नेपालगञ्ज गएको नेपाल एयरलाइन्सको विमान नेपालगञ्ज विमानस्थलमा सामान्य दुर्घटनामा परेको छ ।

कोरोना भाइरसको सम्भावित संक्रमितको नमुना लिन गएको वाइ १२ जहाज अवतरणका क्रममा समस्या आएर रनवे नजिकै चिप्लिएर घाँसे मैदानमा पुगेको हो ।

बिमान ल्यान्ड गर्दा चिप्लिएर धावनमार्ग भन्दा अलिकति अगाडि गएको हो यद्यपी जहाज रोकिइसकेका कारण कुनै दुर्घटना भने भएन ।
मानवीय क्षति नभएतापनि विमानमा सामान्य क्षति भएको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणकचा महानिर्देशक राजन पोखरेलले उक्त विमान प्राविधिक टोलीले मर्मत गरेपछि मात्र उड्ने बताए ।
अब कोरोना संक्रमितको नमुना भने अर्कै बिमानले लिएर फर्कनेछ ।