राष्ट्र संघका ८६ कर्मचारी कोरोनाबाट सङ्क्रमित, अधिकांश युरोपेली देशका

राष्ट्र संघका ८६ कर्मचारी कोरोनाबाट सङ्क्रमित, अधिकांश युरोपेली देशका

 एजेन्सी, १५ चैत । संयुक्त राष्ट्र सङ्घका विभिन्न देशमा खटिएका ८६ कर्मचारी पनि कोरोना भाइरसबाट सङ्क्रमित भएका छन् । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको सिकार अन्तर्राष्ट्रिय सहयोगी संस्थाका कर्मचारीहरु पनि भएका हुन् । राष्ट्र सङ्घका प्रवक्ता स्टेफन डुजारिकका अनुसार सङ्क्रमितमध्ये अधिकांश युरोपेली देशमा खटिएका कर्मचारी रहेका छन् । त्यसैगरी अफ्रिका, एसिया, मध्यपूर्व र अमेरिकामा खटिएका केही कर्मचारी पनि सङ्क्रमित भएका छन् । बिरामी भएकामध्ये अधिकांश सामान्य अवस्थामा रहेको पनि उनले जानकारी दिए। उनीहरुले घरबाटै काम गरिरहेको पनि प्रवक्ता डुजारिकको भनाइ छ । राष्ट्र सङ्घको जेनेभामा रहेको कार्यालयमा झण्डै चार हजार कर्मचारीमध्ये बिहीबार ७० जनाले कार्यालयमा रहेर काम गरेका थिए । याका ९९ प्रतिशत कर्मचारीले घरमै बसेर काम गरेका छन् ।