संकटको समयमा राज्यको प्रतिपक्ष हुँदैन

संकटको समयमा राज्यको प्रतिपक्ष हुँदैन


पद्मप्रसाद शर्मा 

यतिवेला विश्व चिन्तित अवस्थामा छ । कोरोना भाइरस अर्थात केविड १९ ले जहाँजहाँ आक्रमण गरेको छ त्यहाँका नागरिकहरुको ज्यान समेत लिएको अवस्था छ । जहाँ यसको पहुुँच पुुगेको छैन त्यहाँ त्रासद वातावरण सिर्जना भएको छ । नेपालीहरु यतिवेला अत्यन्त त्रासदीपूर्ण अवस्थामा छौं । हरेक नागरिकहरु समाचार र सामाजिक सञ्जालमा तनमन लगाएको अवस्था छ । हरेकले कहाँ के भइरहेछ ? यही कुराको खोजी र चर्चा गरिरहेको अवस्था छ । यो स्वाभाविक कुरा पनि हो । 

नागरिकहरु स्वदेशी तथा विदेशी सञ्चार माध्यममा जसरी आफूुलाई उभ्याएको अवस्था छ त्यसैगरी सरकार नागरिकको सुुरक्षाका लगि हरसम्भव उपायको खोजी गरिरहेको छ अनि नागरिकहरुमा यसबाट बच्ने उपायको वारेमा सूचना सम्प्रेषण गरिररहेको छ । सजगताको लागि सरकारी माध्यममा प्राप्त भएका सबै उपायहरु अपनाउन नागरिकमा अपिल गरिरहेको छ । यसै सन्दर्भमा प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रका नाममा सम्वोधन गरेर सरकारका तर्फबाट गरिएका कार्यहरु र नागरिकहरुको सुुरक्षाका लागि अपनाउने उपायको वारेमा बताइ सक्नुभएको छ । यतिवेला राज्यले आफूले निर्वाह गर्नुुपर्ने भूमिकामा कञ्जुस्याई गरेको छ भन्ने कतै लाग्दैन । राज्यले धान्नसक्ने काम कुराहरुमा राज्य सजग भएको देखिन्छ । 
 
राज्यले दिने निर्देशन पालन गर्ने जिम्मेवारी आम नागरिकको हो । सरकारले दिएको निर्देशन अवज्ञा नागरिकबाट भयो भने त्यसको परिणाम सुुखद हुुँदैन । यतिवेला विदेशका हवाइ सम्पर्क विच्छेद भएका छन् । चीन, भारत दुुबैतर्फका नाकाहरु बन्द गरिएको अवस्था छ । विद्यालय तथा विश्व विद्यालय बन्द भएको अवस्था छ । पढाइको कुरा एकातिर छ, वर्ष दिन पढेको कुरा परीक्षामार्फत देखाउने जस्तो सम्वेदनशील कुरा पनि रोकिएको छ । चैत्र ६ गते देखि सञ्चालन हुने भनिएको एसईईको परीक्षा पनि केही समयका लागि स्थगन गरिएको छ । यो परीक्षा त अझ चैत्र ५ गते सन्ध्याकालमा मात्र विज्ञप्ति निकालेर रोकिएको हो । यतिवेला लामो दूरीका बस सेवाहरु बन्द भएका छन् । एक एरियाबाट अर्को एरियामा नजान भनिएको छ । पच्चीस जनाभन्दा बढी भेला हुुन र भोज भतेर जस्ता कुराहरुमा वन्देज लगाइएको छ । त्यतिमात्र नभएर अत्यावश्यक पसलदेखि वाहेक अन्य पसलहरु खोल्नमा पनि रोक लगाइएको छ । विभिन्न स्थानमा अस्थायी अस्पतालहरु खोल्ने काम कुरा भइरहेका छन् । यो सब के का लागि भन्दा नागरिकको सुरक्षाका लागि राज्यले आफूले निर्वाह गर्नुुपर्ने भूमिकाको काम कुरा भइरहेका छन् । 

नेपाल उच्च जोखिममा रहेको कुरा विश्व स्वास्थ्य संगठनले वताएको छ । उसले जसरी हेरेको छ र भनेको छ सरकारले नागरिकको सुुरक्षाका लागि त्यसको पालना गरिरहेको देखिन्छ । सरकारले विश्व स्वाथ्य संगठनले भनेको भन्दा पनि राज्यको दायित्व निर्वाह गर्नका लागि उच्च सतर्कताको कुरा गरिरहेको छ । सरकारलाई पनि यो विश्वाव्यापी संकटबाट कसरी आफ्नो नागरिक बचाउने भन्ने चिन्ता छ । विभिन्न समयमा विभिन्न समितिका वैठकहरु बस्ने र आवश्यक निर्णयहरु लिने अनि नागरिकमा सम्प्रेषण गर्ने कामहरु भएका देखिन्छन् र सुुनिन्छन् । अहिलेसम्म गरेका कुराहरुमा खोट लगाउनुु पर्ने कारणहरु केही छैन भन्ने लाग्दछ । 

यदाकदा सरकारले अहिले अपनाएको नीतिको कारणले आर्थिक मन्दी हुन सक्छ भन्ने चर्चा गरेको पनि सुुनिन्छ । अहिलेको अवस्थाले आर्थिक मन्दी हुन्छ मात्र होइन अवश्य हुुन्छ यो घामजस्तै छर्लंङ्ग छ । भएभरका सबै श्रोत साधन वन्द भएपछि आय आर्जनको बाटो कहाँ रहन्छ र ? यो त सर्वसाधारणले जानेको कुरा हो । आय वृद्धिका लागि वैकल्पिक उपाय अपनाउने होला कि आर्थिक मन्दी हुन्छ भनेर सबै कुरा खुल्ला राख्ने होला ? किन मानिसहरु राज्य यस्तो संकटमा रहेको अवस्थामा पनि प्रतिपक्षीको भूमिकामा रहन चाहन्छन् ? आजको खुुकुलो वातावरणले भोलि लाखौँको ज्यान जान सक्छ त्यसको जिम्मा कसले लिन्छ ? यस्तो अवस्थामा राज्यलाई आफूले के र कसरी सघाउन सक्छु भनेर प्रयासको खोजी गर्ने समयमा राज्यले गरेको कार्यमा भाँजो हाल्न चाहनेहरु पनि यतिवेला देखिन्छन् । यस्तो अवस्था देख्दा यो पनि सतीको श्राप हो भन्ने लाग्दछ । 

नागरिकको सेवा सुरक्षा गर्ने जिम्मा राज्यको हो । अहिलेसम्मका कार्यकलाप सबै जिम्मेवार नै देखिएका छन् भने किन कसैलाई आफू अति चलाख बन्न मन लागेको होला ? वर्तमान राष्ट्रिय संकटबाट टार्ने अरु कुनै भरपर्दो उपाय कसैसँग छ भने त्यस्तो उपायलाई सार्वजनिक गरेर देखाउने गरे पनि त हुन्थ्यो । यातायात बन्द गर्नुु, बजार बन्द गर्नुु, उद्योग तथा कारखाना बन्द गरेर राज्यलाई फाइदा हुँदैन भन्ने कुरा त राज्य सञ्चालकहरुलाई भरपुुर थाहा छ । उनीहरु ज्ञान नभएर त्यो स्थानसम्म पुुगेका होइनन् । वैठक हुन्छ, बहस हुन्छ छलफल हुन्छ, हरेक विषयमा विज्ञहरुका राय सल्लाह र सुुझावअनुुसार कार्यहरु अगाडि बढेका छन् भन्ने सुुनिन्छ भने किन कसैलाई आफू अति सिपालु छुु भन्ने लागेको होला ? एकातिर यस्ता खालका बुज्रुकहरु देखिन्छन् भने अर्कोतर्फ हरेक कुरालाई पनि नकारात्मक विश्लेषण गर्ने प्रवृत्ति केहीमा पाइन्छ । यी दुुवै अति हुन् भन्ने लाग्दछ । विहान उठेदेखि साँझ नसुुतुुन्जेलसम्म नकारात्ममात्र देख्नेहरुले जीवनमा त्यही नकारात्मक विश्लेषण गर्ने भन्दा अरु कुरामा प्रगति गर्नै सक्दैनन् । उनीहरुको चित्त त्यही नकारात्मक भन्दा अरु देख्नेमा हुँदैन । उनीहरुबाट नयाँ खोज अनुुसन्धान हुँदैन । उनीहरुसँग नयाँ योजना पनि केही हुँदैन । 

यतिवेला राज्यले आवश्यक सतर्कता अपनाएन भने ठूलो विपत सहन पर्ने हुुन सक्छ । ठूलो जन र धनको क्षति हुुन सक्छ । त्यसकै रोकथामका लागि राज्यले केही कडा कार्यहरु थालनी गरेको छ । केही टपरटुुइयाँहरुले सामाजिक सञ्जालमा घरभाडा सरकारले ब्यवस्था गर्नुुपर्नेजस्ता निच कुराहरु पनि लेखेको देखिन्छ । आफ्नो ठाउँमा यो कुरा ठीकै होला । तर, कुुनै पनि व्यवसाय गर्ने यो संक्रमणबाट बच्न सकेनन् भने के उनीहरु उतैतिर ब्यवसाय गर्नेछन् वा एक दुुई साता ब्यवसाय बन्द गरेर जीवनभर कमाउन सक्षम हुने छन् ? किन यति सानो कुरामा पनि ध्यान नदिएर आफूलाई अति जानकार बनाउन खोजेका होलान् ? साँच्ची त्यस्तैको हातमा सत्ता परेमा उनी के निर्णय गर्दा हुुन् ? सायद बाँदरका हातमा नरिवल भनेको यस्तैलाई होला !

अनावश्यक कुरा गर्ने र जानेको कुुरा पनि नबोल्नु भनेको राज्यप्रति उदासीन हुुनुु हो । राज्यप्रति उदासीन हुनेहरुले कसैको पनि भलो चिताएको हुँदैन । राज्य हाम्रै हो । यो संकटबाट बच्यौंँ भने भोलिका दिनमा पक्ष र प्रतिपक्षका कुरा गरौंला, तर संकटको समयमा राज्यको प्रतिपक्ष कोही हुँदैन र हुुनुु पनि हुँदैन ।
संकटको समयमा राज्यको प्रतिपक्ष हुँदैन  


सरकारले लिएको उचित निर्णयलाई हरेक नागरिकले समयमै साथ सहयोग दिनुु पर्दछ । यो नागरिकको परम कर्तब्य पनि हो । राज्य संकटमा छ भन्नुको अर्थ नागरिकहरु संकटमा छन् भन्नु हो । नागरिक संकटमा पर्नुु भनेकै राज्य संकटमा पर्नुु हो । यतिवेला राज्यलाई जसले जहाँबाट जे जसरी साथ सहयोग दिन सकिन्छ त्यही उपाय अपनाउनु पर्दछ । यो समय भनेको राज्यलाई सक्षम बनाउनु हो भने नागरिक आफू सुुरक्षित रहने अवस्था हो । सकारात्मक कुरा बोल्न जानेकाहरु यो अवस्थामा चुुप लागेर बस्ने होइन । लेख्न जान्नेहरुले आफ्ना कलमका माध्यमबाट राज्यको सकारात्मक कार्यमा आफ्नो मत जाहेर गरेर समर्थन जनाउने हो । जसले उपचारको ज्ञान हासिल गरेका छन् उनीहरुले यस भयावह अवस्थाबाट बच्नका लागि सकारात्मक सन्देश प्रवाह गर्ने हो । नहुुने र नभएका कुरा गरेर समय खेर फाल्ने होइन । अनावश्यक कुरा गर्ने र जानेको कुुरा पनि नबोल्नु भनेको राज्यप्रति उदासीन हुुनुु हो । राज्यप्रति उदासीन हुनेहरुले कसैको पनि भलो चिताएको हुँदैन । राज्य हाम्रै हो । यो संकटबाट बच्यौंँ भने भोलिका दिनमा पक्ष र प्रतिपक्षका कुरा गरौंला, तर संकटको समयमा राज्यको प्रतिपक्ष कोही हुँदैन र हुुनुु पनि हुँदैन ।