स्वास्थ्य मन्त्रालयको यो घोटालाबारे मन्त्रीलाई जानकारी छ ?
१५ चैत्र, काठमाडौं । मानव रक्षाको प्रश्न यतिवेला प्राथमिकतामा छ । विश्वभरि यसका विरुद्ध एक प्रकारले युद्ध जारी छ । यही संकटलाई अवसर मानेर एकथरि व्यक्तिहरु भने कमाउने धन्दामा सक्रिय छन् । देशलाई अप्ठ्यारोमा परेको र हतारमा ल्याउनुपर्ने बाध्यताले पनि होला स्वास्थ्य सामग्री महङ्गो मूल्यमा ल्याउन स्वास्थ्य मन्त्रालय लागेको तथ्य झिल्कोले प्राप्त गरेको छ । त्यहाँ लामो समयदेखि सेटिङमा चल्ने कर्मचारीतन्त्रको योजना नयाँ स्वास्थ्यमन्त्री भानुभक्त ढकाललाई जानकारी छ कि छैन ? मन्त्रालयभित्र नै जिज्ञासाका रुपमा लिइरहेका छन् ।
जतिसुकै अभाव र सङ्कट भए पनि ६० करोड जति मूल्यमा पाइने स्वास्थ्य सामग्री डेढ अरबमा ल्याउन लागिएको देखिएको छ । हतारमा, टेण्डर दिने समय नभएको भन्दै महङ्गो मूल्यमा ल्याउन लागिएको भनिएको यो सामान ओम्निटेक भन्ने कम्पनीलाई स्वीकृति दिएको कागज स्वास्थ्य मन्त्रालयको एक स्रोतले झिल्कोलाई उपलब्ध गराएको छ । शुरुमा सर्जिकल तथा विभिन्न उपकरण सप्लायर्स तथा यस क्षेत्रमा विवादित मानिने हस्पिटेक, वायोमेड तथा लाइफ लाइनका मालिक विशाल पण्डितलाई यो काम दिन खोजिए पनि धेरै विवाद भएपछि विशाल पण्डितले नै सिफारिस गरेको र विशाल पण्डित आफै हर्ताकर्ता हुने ओम्निटेक भन्ने कम्पनीलाई सामान आयात गर्ने जिम्मा लगाइएको समाचार स्रोतको दावी रहेको छ ।
स्वास्थ्य मन्त्रालयले मगाउन लागेको सामानको मूल्य नेपालमा कालेबजारीले बेच्ने गरेको मूल्य भन्दा पनि महङ्गो मानिएको छ । उदाहरणका लागि स्वास्थ्य मन्त्रालयले मगाउन लागेको सर्जिकल मास्कको खरिद मूल्य ०.३२ डलर स्वीकृत छ । यो मूल्य भनेको नेपाली करिब ३९ रुपैयाँ हो । यो मूल्यमा बेच्दा मास्कको कालोबजारी भयो भनेर लाखौं पिस मास्क नेपाल सरकारले जफत गरी धेरै ब्यापारीलाई थुनामा राखेको पनि छ । यदि३ ९ रुपैयाँमा मास्क बेच्न पाउने हो भने सर्जिकल ब्यापारीहरुले यो भन्दा पनि सस्तो पैसामा भने जति मास्क नेपाल सरकारलाई बेच्न सक्छौ भनिरहेका छन् । सरकारले नै किन्दा यति महङ्गोमा किन्ने भएपछि व्यापारीलाई किन कालोबजारिया भनेर थुन्ने भन्दै व्यापारीहरुले प्रश्न गरेका छन् ।
सरकारले बिश्व बजारमा तीन सय रुपैयाँ पर्ने चस्मालाई करिब दुई हजार रुपैयाँमा किन्न स्वीकृत दिइएको, पाँच हजार पर्ने पीपीईलाई १५ हजारमा किन्न स्वीकृति दिइएको छ यस सम्बन्धमा जानकार व्यापारीहरु बताउँछन् । सरकारले किन्नलाई स्वीकारेको मूल्य र विश्व बजारमा पाइने तुलनात्मक मूल्य अमेरिकी डलरमा
१. चस्मा (सरकारले किन्न लागेका]) 18$ बिश्व बजारमा पाइने 2.5$.
२.क्लोरिन १ किलो 16$ विश्ववजारमा पाइने 1.2$.
३. डिस्पोजिबल गनउन 16$ विश्ववजारमा पाइने 3.50$.
४. इग्जामिनेसन ग्लाेभ्स 0.20$ बजारमा पाइने मूल्य 0.008$.
५. हेभि ड्युटी ग्लाेभ्स 1.2$ बजारमा पाइने 0.28$ डलर
६. सर्जिकल मास्क 0.32& बजारमा पाइने मूल्य 0.005$.
७. रेस्पाेरिटर मास्क 7$ बजारमा पाइने मूल्य 2.30$.
८. शु कभर डिस्पाेजिवल 2$ बजारमा पाइने मूल्य 0.50$ यस्तै
९. फेस सिल्ड 2.50$ बजारमा पाइने 1.5$
१०. इन्फारेड थर्माेमिटर 65$ बजारमा पाइने 25$.
११. बायोलोजिकल सफरेन्स 3$ बिश्व बजारमा पाइने मूल्य 0.90.
१२. ट्रीपल प्याकिङ बायोलोजिकल सफरेन्स 3$ विश्ववजारमा पाइने मूल्य 0.90$..
१३.स्क्रब्स टोप्स 8$ बजारमा पाइने 2.5$.
१४. स्क्रब्स पाइन्ट 12$ बजारमा 3.5$ मा
१५. प्रोटेबल पीसीआर मिसिन 21000$ बजार मूल्य 10500$ पर्दछ
१६. ¥यापिंड डाइग्नाेस्टिक कीट 8$ बजारमा पाइने मूल्य 3.50$
१७. प्रोटेबल पीसीआर रिएजेण्ट किट 38$ बिश्व बजारमा पाइने मूल्य 18$.
१८ पीसीआर रिएजेण्ट 52$ बजारमा पाइने मूल्य 38$.
१९. भिटिएम प्याकिङ मेट्रिपल्स 2.80$ बजारमा पाइने मूल्य 0.90$.छ
प्रतिक्रिया