रूसी विशेषज्ञ भन्छन् –“कोभिड–१९को उपचारमा मलेरिया प्रतिरोधी औषधि असरदार”

रूसी विशेषज्ञ भन्छन् –“कोभिड–१९को उपचारमा मलेरिया प्रतिरोधी औषधि असरदार”

काठमाडौ । रूसी विशेषज्ञहरूले कोभिड–१९को उपचार मलेरिया प्रतिरोधी औषधिले असरदार भएको बताएका छन् ।

उनीहरूले मलेरिया प्रतिरोधी औषधिले यो रोगको लक्षण मात्रै रोक्ने नभएर यो भाइरसलाई दोहरिएर आउन नदिने समेत बताए ।

विश्वभरका विशेषज्ञहरूले कोरोनाभाइरसको विशेष खोपको सिर्जनामा जुटिरहेका बेला रूसी विज्ञहरूले यस्तो बताएका हुन् । 

शनिबार रूसी फर्मासिस्टले मेफ्लोक्विनले कोभिड–१९लाई रोक्न असरदार साबित भएको पत्ता लागेको बताए ।

यो औषधि सन् १९७०को दशकदेखि भाइरसको असरलाई रोक्न र यसलाई दोहोरिन नदिन प्रयोग भइआएको रूसको फेडरल मेडिकल बायोलजिकल एजेन्सीले जारी गरेको विज्ञप्तिमा उल्लेख गरेको छ ।

साथै उनीहरूले मेफ्लोक्विनको रोगप्रतिरोधी दमनकारी असरले (इम्युनो सप्रेसिभ इफेक्ट)यो रोगबाट उत्पन्न हुने तापलाई (इन्फ्लामेटरी रिसपन्स) रोक्ने गरेको बताए ।

रूसी चिकित्साकर्मीहरूले मेफ्लोक्विनको आधारमा कोरोनाभाइरस संक्रमणको रोकथामका लागि एक असरदार र सुरक्षित योजनाकामा काम गरिरहेका छन् । यो असरदार प्रणालीले भविष्यमा पनि यस्ता घटनासँग जुध्न सहयोग मिल्ने रूसी एजेन्सीले जनाएको छ ।

गएको २४ घन्टामा रूसमा नयाँ कोरोनाभाइरस संक्रमितका २२८ केस दर्ता गरिएका छन् । यो सँगै कुल संक्रमितको संख्या १२६४ पुगेको छ ।

औपचारिक रूपमा ४ मृत्यु भएको पुष्टि गरिएको छ ।