कोरोनाभाइरसको युद्धमा पूर्वेली देश प्रभावशाली देखिने कारण

 कोरोनाभाइरसको युद्धमा पूर्वेली देश प्रभावशाली देखिने कारण


श्रीराम चौलिया

दक्षिण कोरिया, जापान र भारतजस्ता एसियाली लोकतान्त्रिक देशरूमा कोरोना भाइरस महामारी विरूद्धको लडाइँमा युरोप र अमेरिकाको तुलनामा राम्रो काम भइरहेका छन् । गहिरो सामाजिक विभाजन र कमजोर नेतृत्व पश्चिमका दुई कमजोरीका कारण हुन् ।

वनको डढेलो जसरी विश्वभरिका एक सय ९९ देशमा कोरोनाभाइरस फैलिसकेको भए पनि विनासका फरक विस्तारको एक पद्धति यसको प्रमाण छ । पश्चिमा लोकतान्त्रिक देशका ठूलो जनसंख्यामा भएको कोरोनाभाइरस संक्रमण र सो भाइरसबाट भएका मृत्युहरूको संख्या विश्वका सबैभन्दा ठूलो रहेको सूची  बनेको छ ।  

अलि फरक खालको व्यवस्था चीन र इरानको रहेको  छ । चीनमा यो भाइरस पहिले फैलिएको थियो भने अमेरिकाले इरानमाथि कठोर आर्थिक नाकाबन्दी लगाइरहेको अवस्था छ । यी दुईलाई छाड्ने हो भने एसियाली लोकतान्त्रिक देशहरूमा पश्चिमा लोकतान्त्रिक देशहरूको तुलनामा महामारीलाई जित्न बढी सफलता प्राप्त भइरहेको छ । युरोप र अमेरिकाको तुलनामा महामारीबाट मृत्यु हुने अवस्था पूर्वमा राम्रो देखिन्छ ।

नैतिक अनुभूति तथा कठोर कार्यान्वयन

एसियाली लोकतान्त्रिक देशहरू सुरक्षित रहनुको कारणमा तीन कारणहरू अन्तर्सम्बन्धित रहेका छन् । पहिलो ती देशहरूमा गतिशील र आत्मविश्वासी नेतृत्व छन् । दक्षिण कोरियाली राष्ट्रपति मून जाए इन, जापानी प्रधानमन्त्री सिन्जे आबे र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आआफ्ना देशमा उच्च लोकप्रियता तथा वैधानिकता प्राप्त गरेका जनतालाई डो¥याउन सक्ने व्यक्तित्व ‘कमान्डिङ फिगर’ को रूपमा छन् । शक्तिशाली तथा डो¥याउने खालका राजनीतिज्ञहरू जिम्मेवारीमा भए विशेषगरी अस्तित्वको संकटका बेला जनताले नेताको अनुशरण गर्ने र निर्देशन र आदेशको पालना गर्ने गर्छन् ।

सरकारले जारी गरेका निषेधाज्ञाहरूको सामाजिक पालना एसियाली लोकतान्त्रिक देशहरूमा बलियो रददंै आएको छ । नैतिक अनुभूति तथा कठोर कार्यान्वयनको नियमको सन्तुलनको अंगीकार गरी एसियाली नेताहरूले आआफ्ना देशमा निर्देशन ग्रहण गर्ने जनता प्राप्त गरेका छन् । मोदीकै उदाहरण लिऔं ! मोदीले दुई हात जोडेर भारतीयहरूलाई अति नम्र भएर जिम्मेवारी नागरिक बन्न प्रवचन दिए भने तिनका उच्च पदाधिकारीहरूले ‘घरमा बसौं ’ आदेशको उल्लंघन गरे जेल सजाय हुने चेतावनी दिए । पश्चिम युरोप र अमेरिकामा ‘उदारवादी’ विरूद्ध ‘लोकलोभ्याउवादी’ (लिबरल भर्सेज पपुलिस्ट) वीचको तीखो सामाजिक ध्रुवीकरणले यी देशका ठूलो हिस्सालाई वर्तमान नेतृत्व विरूद्ध खडा गर्न लगायो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प, इटालीका प्रधानमन्त्री गुइसेप्पे कोन्टे, स्पेनका प्रधानमन्त्री पेद्रो सान्चेज र फ्रान्सका राष्ट्रपति इम्मानुएल म्याक्रोनले आआफ्ना देशका विभाजित घरहरूमा केही प्रभाव छाडिरहेका छैनन् ।

पश्चिमका सरकारहरूमाथि नागरिकको हुनुपर्ने विश्वासको स्तर कम छ र यसले गम्भीर संकटका बेला जनतालाई परिचालन गर्ने क्षमतालाई आघात पु¥याएको छ । अधिकांश पश्चिमा नेताहरूले यस्तो विषालु वातावरणमा आफ्नो राजनीतिक अस्तित्वका लागि खतरा जुनसुकै बेला उपस्थित हुन सक्ने विश्वास गर्छन र आफ्नो प्रमाणित लोकप्रियता दर र फेरि निर्वाचित हुने अवसर गुमाउने गरी कोरोनाभाइरसको समुदायमा सर्न नदिनका लागि रोकथाम सम्बन्धी कठोर कार्ययोजना ल्याउन ढिलाइ गरे । 

एसियाली सामूहिकतावाद भर्सेज पश्चिमा व्यक्तिवाद

कोरोनाभाइरस विरूद्धको युद्धमा एसियाली लोकतान्त्रिक देशहरूलाई साथ दिने दोस्रो तत्व तिनीहरूको संस्कृति हो । एसियाली समाजमा सामूहिकतावादी प्रवृति हुनु हो जहाँका नागरिकहरूमा बेस्सरी कस्सिएर रहेको व्यक्तिगत स्वतन्त्रताहरूको त्याग गर्ने चाहना र सामुदायिक कल्याणका खातिर कठिनाइ मोल्ने चाहना हुने प्रवृति हुन्छ । दक्षिण कोरिया, जापान, भारत र इन्डोनेसिया जस्ता देशमा समाजको यो गुणहरू फरक हुन्छ तर समग्ररूपमा पश्चिम युरोप र अमेरिकाको तुलनामा यी देशहरूमा बढी हुन्छ । एसियालीहरूमा व्यक्ति, समाज र देशबीचको द्वन्द्व परेको बेला समाजको तुलनामा व्यक्ति वा देशको तुलनामा समाजको स्वार्थ नहर्ने गुणको फाइदा छ । 

यसको विपरीत पश्चिमा लोकतन्त्रहरूमा राजनीतिक संस्कारले व्यक्तिवाद, मानवअधिकार र राज्यलाई स्वतन्त्रताको शत्रुको रूपवमा व्यवहार गर्ने विषयलाई स्वीकार गर्ने आधारमा आकार लिन्छ । पश्चिमाहरूले गर्ने जसो गरी अधिकांश एसियालीहरूले गोपनीयताको उल्लंघन वा सरकारको दुरूपयोगबारे चिन्ता गर्दैनन् । इटालीको सन्दर्भमा यो एक मुख्य कारण छ । कोरोनाभाइरस विरूद्ध चालेको कदम त्यहाँ सामाजिकरूपमा बसेको बानी ‘फुर्बो’ व्यवहार जसमा सरकारले चलाखीपूर्ण तरिकारले दमन गर्ने र निषेधाज्ञा लगाउने बुझाइले गर्दा प्रभावकारी हुन सकेन । प्रधानमन्त्री कोन्टेले आग्रह गर्छन, “हामी  चलाख हुनु पर्दैन ।” कोन्टेको आग्रहलाई वास्ता गर्न खोज्दा इटलीमा ढिला भइसक्यो ।

बेलायती पब, इटलियाली क्याफे, स्पेनी बार, फ्रान्सको पार्टीका सामान किन्ने गर्ने ठाउँ र अमेरिकाको सामुद्रिक किनारमा सामाजिक दूरी ‘सोसल डिस्टेन्सिङ’ का विधि अपनाउनुपर्ने राज्यको निर्देशन पालन गर्नुपर्ने बेलामा भीडभाड गरी होहल्ला मच्चाउने दृश्य स्पस्ट देखियो । यसरी उल्लंघन गरी कोरोनाभाइरस बाँध्ने सिक्री टुटाउने काम भयो । सरकारले नागरिक स्वतन्त्रता खतरामा पार्ने काम भएको बहस चलाइयो । यस्ता गतिविधिले पश्चिमा लोकतन्त्रलाई आघात पु¥याएको छ । अर्कोतर्फ दक्षिण कोरियामा कोरानाभाइरस विरोधी अभियानका लागि सेलफोन, क्रेडिट कार्ड गतिविधि लगायतको क्षेत्रमा गुप्तचर निकायलाई निगरानी गर्न भनिरहेका बेला त्यहाँका जनताको विरोध सामना गर्नुपरेन ।
व्यापारिक समूहको मुद्दामाथि शासन गर्ने क्षमता
व्यापारिक समूहको मुद्दामाथि शासन गर्ने क्षमता एसियाली लोकतान्त्रिक देशहरूमा पश्चिमा देशहरूको तुलनामा धेरै रहनु कोरोनाभाइरस विरूद्धको युद्धमा एसियालीलाई अगाडि रहने तेस्रो कारण रहेको छ । ट्रम्प, जोनसन, कोन्टे र मर्केल जस्ता राजनीतिज्ञहरूले वित्तीय लगानीकर्ता रिसाउने र बजारको मनोविज्ञानमा आघात पुग्ने भयले कोरोनाभाइरसको शुरूवाती चरणमा लकडाउनका कठोर प्रावधान राख्न सोंच्न चाहेनन् ।  

मार्च २७ मा अमेरिकामा एक हजार तीन सय मानिसको मृत्यु भइसकेको बेला ट्रम्प कठोर निर्णय लिन अनिच्छुक देखिन्छन् । त्यो भनेको व्यावसायिक कार्यको बन्दी अल्पकालको हुनुपर्छ र गम्भीर अभाव पूरा गर्न निजी क्षेत्रमा सरकारले हस्तक्षेप गर्नु पर्दैन भन्ने हो । सत्य के पनि हो भने कोरोनाभाइरसले दिएको आर्थिक धक्काले तीन वर्षयता अमेरिकी स्टक बजारमा ल्याएको उछाल ‘ट्रम्प बम्प’ लाई मिल्काइ दिएको छ । 

यसको विपरीत एसियाली नेताहरू तथ्यांकवादी हुने प्रवृतिका हुन्छन । आर्थिक मन्दीलाई नरूचाउने वा व्यावसायिक स्वार्थ समूहको दबाबबाट सुरक्षित हुन खोज्ने यी खेलाडीहरूले मोदी वा मुनमाथि दबाब दिँदैनन् । आबेले जापानमा विशाल व्यापारिक लगानी र टोकियो ओलम्पिकको लागत डुब्ने चिन्ताको वास्ता गर्दै राष्ट्रिय संकटको घोषणा गर्न ढिलाइ गरेनन् तर बृहत्तर सार्वजनिक स्वास्थ्यको हितमा शिर झुकाउँदै  राष्ट्रिय संकटसँग जुध्न कठोर निषेधाज्ञा र खेलकुद स्थगन गरे । यसका अतिरिक्त एसियाली लोकतान्त्रिक देशमा भाइरसको व्यापक प्रभाव देखापर्न नसक्नुमा अर्को विशेष खालको तत्व देखिन सक्नेछ । भारतको सन्दर्भमा युवा जनसंख्या धेरै भएकोले मृत्यु दर कम हुनु हो । यसका साथै तापक्रम गर्मीको हुनाले भाइरस फैलिन सुस्त भएको हुन सक्ने देखिन्छ । दक्षिण कोरियाले गरेजस्तो जापान र भारतले कोरोनाभाइरसको ब्यापक परीक्षण गरेको छैन । तर एसियाली लोकतान्त्रिक देशहरूको प्रवृति रेखाहरूले तेस्रो चरणको भाइरस प्रसारलाई रोक्न मापदण्ड अपनाइरहेको दर्शाइरहेका छन् । राजनीतिक नेतृत्वको गुण र सामाजिक अवधारणले महाविपत्तिको समयमा अर्थ राख्ने गर्छ । यो विशाल संकटका बेला पूर्वीय देशले पश्चिमाहरूमाथिको सर्वोच्चता कायम गर्न सक्छन् । एक पटक पश्चिमा लोकतन्त्रहरू र तिनका समाचार माध्यमले तिनका गौरव निल्नुपर्छ त्यसपछि तिनले आफ्ना पूर्वीय समकक्षीको अवलोकन र अध्ययन ध्यान दिएर गर्न थाल्छन् ।
(भारत सोनिपतस्थित अन्तर्राष्ट्रिय मामिलाका जिन्दल स्कूलका डिन र ‘ट्रम्प्ड ः इमर्जिङ पावर्स इन अ पोस्टअमेरिकन वल्र्ड’का लेखक श्रीराम चौलियाको ‘ह्वाइ इस्ट बिट्स वेस्ट इन द वार अगेन्स्ट कोरोनाभाइरस’ शीर्षकको अनौपचारिक अनुवाद) १६ चैत्र २०७६