अब स्वास्थ्य सामग्रीको अभाव हुन्न : मन्त्री योगेश भट्टराई 

अब स्वास्थ्य सामग्रीको अभाव हुन्न : मन्त्री योगेश भट्टराई 

१६ चैत्र, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री योगेश भट्रराईले अब स्वास्थ्य सामग्रीको अभाव नहुने बताएका छन् । 

आइतबार सरकारले किनेको, ज्याकमा फाउन्डेसन र चीनको सिचुवान प्रान्तीय सरकारले दिएको विभिन्न सामग्री बिहान ५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेको हो । पर्यटन तथा नागरिक उड्डयन मन्त्री भट्टराईले अब नेपालमा स्वास्थ्य सामग्रीको अभाव नहुने झिल्कोलाई बताए । 

२ र ३ अप्रिलमा पनि यस्तै सामग्री ल्याउने तयारी भएको पनि मन्त्री भट्टराईले जानकारी दिए । 

स्वास्थ्य सामग्रीको अभावमा विरामीमात्र होइन डाक्टर र आमनागरिक नै अप्ठ्यारो महसुस गरिरहेको बेलामा सरकारले गरेको यो पहल स¥हानीय छ ।