लकडाउनपछि काठमाडौंमा अपराध शून्य : एसएसपी उत्तमराज सुवेदी
१६ चैत्र, काठमाडौं । कोरोना भाइरसबाट बच्नका लागि देशभरि लगाइएको लकडाउनका कारण अपराधका घटना ह्वात्तै घटेको छ । राजधानी काठमाडौंमा त झन् अपराधका घटना शून्य नै भएको छ ।
हनुमान ढोका परिसरका प्रमुख एसएसपी उत्तमराज सुवेदीका अनुसार लकडाउनपछि काठमाडौंमा एउटा पनि अपराधका घटना भएको छैन ।
'कोरोना भाइरसका त्रास भइरहदा, लकडाउनभन्दा केही दिनअघि चोरीका छिटफुट घटना वाहेक ठूला अपराध थिएन, अहिले त झन शून्यको अवस्थामा झरेको छ', एसएसपी सुवेदी भन्छन ।
राजधानी काठमाडौंमात्र होइन देशका अन्य भागमा पनि अपराधका घटना एकदमै न्यून रहेको छ ।
कोरोना भाइरसको महमारीको सन्त्रास त एकातिर छदैंछ तर सामाजिक र वातावरणीय सुरक्षाको अवस्था भने राम्रो भएको छ ।
प्रतिक्रिया