पूर्व स्वास्थ्य राज्यमन्त्रीले लकडाउन तोडे, राहतको नाममा भीड जम्मा गर्दै गाँउगाँउमा
१६ चैत्र, सिन्धुपाल्चोक । विश्वभर कोरोना भाइरस (कोभिड १९) को महामारी फैलिएपछि नेपाल सरकारले यसको नियन्त्रण र रोकथामको लागि देशमा लकडाउनको घोषणा गरेको छ ।
तर, सिन्धुपाल्चोमा भने पूर्व स्वास्थ्य राज्य मन्त्री तथा पूर्व सूचना तथा सञ्चार मन्त्री समेत रहेका मोहनबहादुर वस्नेतले भने राहत वितरणको नाममा अनावश्यक हुल जम्मा गर्ने काम गरिरहेका छन् । शनिवार वस्नेतले ठूलो सङ्ख्यामा कार्यकर्तासहितको टोली लिएर सडक मजदुरलाई राहत भन्दै केही चामल, नुन लिएर लकडाउनको उल्लङ्घन गरेका छन् ।
यसअघि दुई पटक ठूलो कार्यकर्ताको हुलसहित सुनकोशी गाँउपालिकामा वस्नेत पुगेका थिए । वस्नेतको टोलीले गरेको गतिविधिमा स्थानीयले आपत्ति जनाएका छन् । नागरिकलाई सुरक्षित गराउन सरकारले चालेको सकारात्मक कदमको वस्नेतले ठाडो उल्लङ्घन गरेको भन्दै सामाजिक सञ्जालमा समेत उनको चर्को विरोध भइरहेको छ ।
जिल्लाका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले असुरक्षित आवागमन तथा हुलहुज्जत गर्न नपाइने उल्लेख गरे । उनले जिल्ला विपद् व्यवस्थापन समितिले एकद्वार नीतिबट राहत सहयोग गर्ने निर्णय भइसकेको जनाए । सरकारको नीति विरुद्धको काम कतै पाइएमा कारवाही गरिने उनको भनाइ छ ।
लकडाउन तोड्ने र एकद्वार नीति विपरीत राहत बाँड्दै हिंड्ने पूर्वमन्त्री बस्नेतलाई कार्वाही होला त रु
प्रतिक्रिया