चैत्र २५ सम्म मुलुक लकडाउन
१६ चैत्र, काठमाडौँ । कोभिड–१९ संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले थप ७ दिन लकडाउन बढाउन सरकारलाई सिफारिस गरेको छ । आइतबार बसेको समितिको बैठकले थप ७ दिनसम्म लकडाउन बढाउनुपर्ने निष्कर्ष निकाल्दै सरकारलाई सिफारिस गरेको हो ।
आइतबार नै बस्ने मन्त्रिपरिषद् बैठकले उक्त सिफारिसलाई अनुमोदन गर्नेछ। यस्तै बैठकले विपन्नहरुलाई निःशुल्क राहत वितरणबारे पनि गर्न सरकारलाई सिफारिस गरेको जनाइएको छ ।
सरकारले चैत ११ गते मंगलबार बिहान ६ बजेदेखि चैत १८ गते बिहान ६ बजेसम्मका लागि मुलुकभरका अत्यावश्यक बाहेकका सबै सेवा र सम्पूर्ण आवतजावत बन्द गर्ने निर्णय गरेको थियो। सरकारले यसलाई अनुमोदन गरेमा चैत २५ गतेसम्मका लागि मुलुक लकडाउन हुनेछ।
प्रतिक्रिया