रुपन्देहीको कोभिड १९ विशेष अस्पतालमा उपचाररत युवाको मृत्यु
रुपन्देही, १६ चैत । रुपन्देहीको बुटवल धागो कारखानामा सञ्चालित कोभिड १९ विशेष अस्पतालमा उपचाररत एक ब्यक्तिको मृत्यु भएको छ ।
सैनामैना नगरपालिका ४ सिसौडाँडाका ३७ वर्षका युवक बाबुराम थापाको मृत्यु भएको हो ।
निधन भएका ती युवकमा कोरोना भाइरस संक्रमणको पुष्टि भने भएको छैन । कोरोना परीक्षणको लागि स्वाबको नमूना काठमाडौं पठाईसकिएको छ । ती युवक दश दिन अघिमात्रै दुवईबाट नेपाल फर्किएको अस्पताल श्रोले जनाएको छ ।
प्रतिक्रिया