कोरोना भाइरस र हाम्रो एकान्तवास 

 कोरोना भाइरस र हाम्रो एकान्तवास 

पद्मप्रसाद शर्मा

 डिसेम्वर २०१९मा चीनको उहान प्रान्तबाट आरम्भ भएको कोरोना भाइरस (कोभिड १९) यतिवेला विश्वका दुुई सय बढी मुुलुकमा फैलिइ सकेको छ । यो आलेख तयार पार्दासम्म विश्वका तीस हजार आठ सय ५१ जनाको ज्यान गइसकेको छ । यसले विश्वका विकसित तथा धनाढ्य मुुलुुकहरुलाई पनि आक्रान्त बनाएको छ । अहिलेसम्मको सूचि हेर्दा इटली सबैभन्दा धेरै नागरिक गुुमाउने मुुलुुक बनेको छ । जतिवेला चीनमा यसको महामारी फैलिएको कुुरा सुन्नमा आयो त्यहाँ तीन हजारको आसपासमा मात्र नागरिकहरुले ज्यान गुुमाए बाँकी अरु उपचारपछि घर फिर्ता भए । केही अहिले पनि उपचाररत रहेका छन् । अहिलेसम्मको सूचना अनुुसार अव चीनका नागरिकले कोभिड १९बाट ज्यान गुुमाउने छैनन् । किनकि चीनले रोगको महामहामारी फैलिएसँगै त्यहाँका नागरिकहरुलाई एकान्तवासको सन्देश दियो । सारा यातायातका साधनहरु लक अर्थात बन्द गर्न पुुग्यो । एक स्थानबाट अर्को स्थानमा मानिसहरु जान प्रतिवन्ध लगायो । धेरै नागरिकको क्षति हुुनबाट त्यहाँको सरकारले बचायो । चीन सरकारले जसरी नागरिकको सुरक्षाको लागि चरणवद्ध कार्यक्रम अगाडि ल्यायो, त्यहाँका नागरिकले विना प्रतिवाद त्यसको पालना गर्नपुुगे । राज्यले ल्याएको कार्यक्रम नागरिकले निशर्त पालना गर्नुु त्यहाँका नागरिकले आफ्नो दायित्व सम्झे । अनि त्यत्रो विधि महामारीबाट थोरै क्षतिमा राज्यले मुुक्ति पायो । नागरिकको धेरै क्षति हुनबाट बचाउन सफल भयो । संसारका लागि यो राम्रो सन्देश हो । 

आजको संकटबाट हामी बच्न सक्यौं भने भोलिका दिनको गर्जो जसरी पनि टार्न सकिन्छ भन्ने हिम्मत गर्नुुपर्छ । यो संकटको समयमा हामी सीमाबन्दी अर्थात एकान्तबासमा रहेर भोलिको चिन्ता गर्ने र यो एकान्तबास बोझको रुपमा लिने कसैले पनि गर्नुु हुँदैन यो एकान्तबास आफ्नै सुरक्षाको लागि हो भनेर अहिल्यै बुुझ्न जरुरी छ । एक हप्ताको लकडाउनको सकारात्मक प्रभावलाई हेरेर सरकारले थप एक हप्ता लम्ब्याउने कुरा आएको छ, यो स¥हानीय छ ।    

 

 “संकट बाजा बजाएर आउँदैन” भनेर हाम्रा बूढापाकाहरुले भनेको कुरा अहिले ताजा सम्झना आइरहेको छ । तर अहिलेको यो महामारी चीनपछि जति पनि मुुलुकमा फैलिएको छ त्यहाँ बाजा बजाएर पुुगेको हो तर कति मुुलुुकमा त्यहाँको सरकारले त्यो बाजालाई तत्काल वास्ता गरेन कति मुुलुकमा नागरिकले वेवास्ता गरे । त्यसकारण अहिलेको अवस्था आएकोमा धेरै मत बझाउन पर्दैन । कोरोनाले विकसित मुुलुक वा उच्च आर्थिक अवस्था भएका नागरिकहरुलाई पनि छोड्दो रहेनछ । यो विकासोन्मुुख मुुलुुकका नागरिकमा ज्यादा लाग्छ भन्ने कसैलाई भ्रम थियो भने त्यो मिथ्या रहेछ । त्यसको ज्वलन्त उदाहरण हाम्रो मुुलुुक हो । यी पंक्ति कोरिरहँदासम्म नेपालमा जम्मा पाँचजना सक्रमित रहेको पुुष्टि भएको छ । अहिलेसम्मका जति सक्रमित छन् ती सबै बाह्य मुुलुुकबाट नेपाल प्रवेश गरेका हुुन् । त्यसमा पनि दुुईजना कोरोना मुुक्त भएर घर फर्केको अवस्था छ भने अरुको अवस्था पनि सुधारउन्मुुख रहेको छ । मेचीदेखि महाकालीसम्म, हिमालदेखि तराईसम्म बसोबास गरेका नेपालीहरुमा यसको संक्रमण नदेखिनु भनेको विश्वलाई नेपालको सुुखद सन्देश हो भन्ने लाग्दछ । हामी साँच्चीकै बहादुुर हौं । विदेश गएका नेपालहरु स्वदेश कोरोना भाइरस लिएर नफिरेको भए अहिलेसम्म हाम्रो मुुलुकले यही अवस्था पनि ब्यहोर्नुु पर्ने थिएन । 
 

 विश्व स्वास्थ्य संगठनले विश्वलाई अध्ययन गरेर नेपाल उच्च जोखिममा छ भनेर भनेको केही समय भयो । त्यो सन्देश पाउँना साथ सरकारले केही नीति बनाएर सन्देशको रुपमा जारी ग¥यो । जसमा सभा, भेला, गोष्ठी जस्ता कार्यक्रम नगर्ने, भोज भतेरमा नजाने, पच्चीस जना भन्दा बढी भेला नहुुने, हात नमिलाउने, खोक्दा वा हाच्छ्युुँ गर्दा नाक मुुख छोप्ने, साबुन पानीले सफासँग हात धुुने, मुुखमा मास्क लगाउने जस्ता कुराहरुको सन्देश समयमा दियो । हामी नागरिकहरुले त्यसलाई कति गम्भिरतापूर्वक लियौं कति लिएनौं ? यो दोस्रो पाटोको कुरा भयो । सक्रमण बढ्ने क्रम बढेसँगै  नेपाल सरकारले विदेशबाट आाउने नेपालीहरुलाई घरमै क्वारेनटाइन ( निषेधावधि) मा रहनुु पर्ने उर्दी जारी गर्न पुुग्यो भने अस्पतालहरुमा आइसोलेसन (पृथक कक्ष)को व्यवस्था मिलाउन आरम्भ गरेको हो । जब विदेशी मुुलुकबाट आएका नेपालीहरुमा कोरोना हुन सक्ने आशंका बढन गयो तब सीमा बन्दको घोषणा समेत गरेको हो । यसैगरी हवाई यातायात र स्थल यातायात विदेशी मुुलुुकमा रोकियो । विश्व स्वास्थ्य संगठनले नेपालको उच्च जोखिम कम हुने अवस्था नदेखेपछि पुनः नेपाल सरकारलाई सर्तकताका लागि अनुुरोध गर्न पुुग्यो । यतिवेलासम्म विश्वका एक सय ९० भन्दा बढी मुुलुकमा संक्रमण फैलिसकेको थियो । यो क्रम जारी छ । 
       
यसपटकको विपत्ति बाजा बजाएर आयो किन भन्न सकिन्छ भने चीनमा १९१९को डिसेम्वरमा यो माहामारीको आरम्भ भएको थियो । हाम्रा सञ्चार माध्यमले चीनको दैनिक खवर प्रकाशन तथा प्रसारण गरिरहेका थिए । त्यसको साथमा रोगको प्रकृतिको कुरा पनि गरिरहेका थिए । त्यसकारण सरकारले प्रथम चरणको कार्यक्रम लागुू गरेको थियो । यसले नेपालका चारै सीमाबाट दुन्दुुभि बजाउन लागेपछि नेपाल सरकारले चैत्र ११गते देखि १८गतेसम्म एक हप्ताको लागि लकडाउन अर्थात एकान्तबासको घोषणा गरेको हो । नेपालमा एकान्तबासको घोषणा हुुँदा अमेरिका, भारत, फ्रान्स, स्पेन लगायतका कयौं मुुुलुुकका केही नागरिकले ज्यान गुुमाई सकेका थिए । यो पंक्ति लेख्दासम्म अमेरिकामा हजार बढी नागरिकले ज्यान गुुमाएको अवस्था छ । त्यहाँ एक लाख चालीस हजार सक्रमित भएको खवर छ भने स्पेनका राजकुुमारीको यही रोगका कारण ज्यान गएको समाचार विश्वभर फैलिएको छ । राजकुुमारीको उपचारमा औषधि पुुगेन कि डाक्टरहरु भएनन् ! यसले कहाँ कहाँ कसरी भेट्दो रहेछ र कसरी ज्यान लिन्छ भन्ने सन्देश यसले बुुझ्ने जति सबैलाई दिएको छ । 
   
अहिलेसम्म जहाँजहाँ कोरोना भाइरस कोभिड १९ले प्रभावित पारेको छ ती सबै मुुलुुकको अवस्था हेर्दा कति मुुलुुकको आर्थिक अवस्था कस्तो होला भन्ने यक्ष प्रश्न बनेको छ । यो भोलिको कुुरा भयो । आजको खड्को जसरी पनि टार्नुु पर्ने छ । भोलिको चिन्ता आज गरेर बस्ने होइन । आजको अप्ठेरो कसरी टार्ने भन्ने चिन्तन गर्नुु आजको आवश्यकता हो । आजको संकटबाट हामी बच्न सक्यौं भने भोलिका दिनको गर्जो जसरी पनि टार्न सकिन्छ भन्ने हिम्मत गर्नुुपर्छ । यो संकटको समयमा हामी सीमाबन्दी अर्थात एकान्तबासमा रहेर भोलिको चिन्ता गर्ने र यो एकान्तबास बोझको रुपमा लिने कसैले पनि गर्नुु हुँदैन यो एकान्तबास आफ्नै सुरक्षाको लागि हो भनेर अहिल्यै बुुझ्न जरुरी छ । एक हप्ताको लकडाउनको सकारात्मक प्रभावलाई हेरेर सरकारले थप एक हप्ता लम्ब्याउने कुरा आएको छ, यो स¥हानीय छ ।   
   
 विश्वको सूचना हेर्दा हामी अति भाग्यमानी भनिरहेका छौं । नेपालमा रहेका नेपालीहरु यतिवेल एकजनाले पनि ज्यान गुुमाउनु परेको छैन । यो अवस्था पनि नआओस भन्ने कामना गर्नुुपर्दछ । कोरोनाको विरुद्धमा विश्व एक हुने अवस्थामा यसको महत्वलाई नबुुझेर वा बुुझेर पनि बुुझ पचाएर एकान्तबासको अवज्ञा गर्ने र यस्तो कार्यक्रम लागुू गरेको भनेर सरकारका विरुद्धमा जथाभावी लेख्नुु बोल्नु पनि नागरिकको कर्तब्य होइन भन्ने बुुझ्नु जरुरी छ  । एकजनाको कमजोरीले लाखौंको ज्यान जोखिममा पर्छ भन्ने कुरा सबैले समयमा बुुझ्नुु पर्दछ । यो एकान्तवबास सरकारले कुुनै आवेगमा आएर वा लहडमा गरेको कार्यक्रम होइन । यतिवेला कतिपय सम्पन्न मुलुुकमा राष्ट्रपति तथा मन्त्रीहरु समेत निषेधावधिमा बसेको अवस्था छ भने हाम्रो अवस्था हामीले विचार गर्नुु पर्छ कि पर्दैन ? आफूलाई राम्रो जानकारी भएको कुुनै कुुरा छ भने सरकारलाई सल्लाह सुुझाव दिनु राम्रो हो । तर सरकारको कार्यक्रमको अवज्ञा हुने गरी लेख्नु, बोल्नु भनेको संक्रमणको पक्ष लिनुु हो । तपाई अफूलाई यो कोरोनाको पक्षमा लगाउन चाहनुु हुन्छ र सरकारले अगाडि सारेको एकान्तबास लगायतका कुुराहरुको विपक्षमा हुुनुुहुुन्छ भने भोलिको क्षतिको वारेमा एकछिन घोत्लिनुस र आफै निचोड आउने छ ।  यसको  क्षतिको बारेमा सबैजना पहिल्यै होसियार हुुन जरुरी छ । एकजनाको कमजोरीले गर्दा लाखौंको ज्यान जोखिममा पर्छ भन्ने कुरा समयमा बुुझ्न जरुरी छ । यसको जिम्मेवारी तपाईले लिएर पनि राज्यले पार पाउँदैन । अखिर यहाँ हुने नोक्सान त भइ छाड्ला । त्यस कारण लकडाउन जीवन चाहनेका लागि एउटा अवसर हो । यसतर्फ तपाईले पनि आफै धेरै ख्याल गर्नुुपर्छ । चेतना भया !  

दाङ, इमेल padam6100@gmail.com