लकडाउन आठ दिन थप्ने सरकारको निर्णय
काठमाडौं । सरकारले पुनः ८ दिन लकडाउन थप्ने गर्ने निर्णय गरेको छ। चैत १६ गते आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले लकडाउन थप्ने निर्णय गरेको हो।
आइतबार दिउँसो बसेको कोरोना रोकथाम तथा नियन्त्रणका लागि गठित उच्चस्तरीय समन्वय समितिको बैठकले जारी ७ देखि १४ दिनसम्म लकडाउनको समायावधी थप्नुपर्ने प्रस्ताव मन्त्रिपरिषद्मा लगेको थियो।
सरकारले कोरोना भाइरसको संक्रमणको जोखिम रहेको भन्दै गत चैत ११ गते बिहान ६ बजेदेखि चैत १८ गते बिहान ६ बजेदेखि सम्म लकडाउन गरेको छ। मन्त्रीपरिषद्को निर्णय अनुसार अब चैत २६ गते बिहान ६ बजेसम्म लकडाउन हुनेछ।
कोरोना संक्रमणको जोखिम अझै रहेको भन्दै सरकारले लकडाउनको समयावधि लम्ब्याउने निर्णय लिएको हो।
प्रतिक्रिया