राहत वितरणको विषयलाई लिएर सिन्धुपाल्चोकका नेतामा आरोपप्रत्यारोप
१७ चैत्र सिन्धुपाल्चोक । सरकारले लकडाउन गरेको बेलामा मान्छेहरु भेला गर्दै राहत वितरण गर्दै हिंडेका पूर्व मन्त्री मोहन बस्नेतलाई प्रहरीले पक्राउ गरेर राहत कब्जामा लिएर स्थानीय गाउँपालिकामा जिम्मा लगाएपछि सिन्धुपाल्चोक जिल्लाका नेताहरुमा यसबारेमा आरोपप्रत्यारोप सुरु भएको छ ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य माधव सापकोटा सुबोधले प्रशासन प्रयोग गरेर आफ्नो काममा बाधा पुर्याएको भन्दै मोहन बस्नेत पक्षले मिडियाबाजी गरिरहेको छ भने सुबोधले भने लकडाउनको इमान्दार कार्यान्वयनमा प्रहरी आफैं स्वतन्त्र भएको बताएका छन् । आफ्नो नाम जोडेर मिडियाबाजी गरेको भन्दै सुबोधले आपत्ति जनाएका छन् ।
लकडाउनको बेलामा जनतालाई भेला गरेर राहत नबाँड्ने, सरकारले बनाएको एकद्वार नीतिमा सहयोग गर्ने कबुल गरेर मोहन बस्नेत छाडिएका छन् । यस्तै कबुल नेपाली कांग्रेसका रसुवाका सांसद मोहन आचार्य र संघीय समाजवादीका प्रदेश सांसद प्रेम तामांगले पनि रसुवामा गरेका थिए ।
यो पनि पढ्नुहोस,
पूर्व स्वास्थ्य राज्यमन्त्रीले लकडाउन तोडे, राहतको नाममा भीड जम्मा गर्दै गाँउगाँउमा
लकडाउन उल्लंघन गरेर राहत बाँड्दै हिंडेका मोहन बस्नेत पक्राउ
प्रतिक्रिया