भारतीय क्षेत्रमा यो भाइरस किन कमजोर ?

भारतीय क्षेत्रमा यो भाइरस किन कमजोर ?

१८ चैत्र, काठमाडौ । भारतीय क्षेत्रमा कोरोनाभाइरसको प्रभाव कमजोर रहने यससम्बन्धी अध्ययन गर्ने विज्ञहरूको भनाइ रहेको छ ।

भारतभर कोरोनाभाइरस संक्रमणको हल्ला फैलिरहेका बेला त्यहाँका अन्तर्राष्ट्रियस्तरमा ख्यातिप्राप्त मेडिकल विज्ञ डा. नागेश्वर रेड्डीले दिएको जानकारीबाट फैलिएको त्रासमा केही राहत महसुस गरिएको छ । उनका अनुसार यस क्षेत्रका मानिसले कोरोनाभाइरसलाई सजिलै जित्न सक्नेछन् ।

डा. रेड्डीले यस क्षेत्रमा  लकडाउन ३–४ सप्ताह भन्दा बढी लामो हुन नहुन बताए ।

सन् २०१६मा पद्म भूषण सम्मानबाट सम्मानित डा. रेड्डी हाल एसियन इन्स्टिच्युट अफ ग्यस्ट्रोएन्टरोजलीका अध्यक्ष हुन् । 

भारतको सन्दर्भमा डो रेड्डीले यसको उत्पत्ति र फैलावटको विषयमा गरिएको अध्ययनबारे जनाएका छन् ।

यो भाइरसको उत्पत्ति चीनको वुहानमा भयो । त्यसपछि यो इटली, अमेरिका र युरोप जस्ता पश्चिमी देशहरूमा फैलिए । दुई वा तीन सप्ताहपछि यो भाइरस यी क्षेत्रबाट भारतमा प्रवेश गरेको छ ।

उनका अनुसार कोरोना एक आरएनए भाइरस हो । यो भाइरस चमेरोबाट मानिसमा सरेको मानिएको छ । तर चमेरोबाट मानिसमा सिधा सरेको हो कि होइन यसबारे एकिन भइसकेको छैन । यो भाइरस इटली, अमेरिका वा भारतमा फैलियो । यसरी फैलिदा यो भाइरसको जिनको प्रकार जिनोटाइप छुट्टिए । सबै भाइरसको क्रमबद्धता (सिक्वेन्सिङ) चारै देशमा गरिएको छ । पहिलो अमेरिका, दोस्रो इटली, तेस्रो चीन र चौथो भारतमा यसको सिक्वेन्सिङ गरिएको  छ ।

डा. नागेश्वर रेड्डीले जनाए अनुसार यो भाइरस इटलीको तुलनामा भारतमा एक भिन्न प्रकारको जिनोम छ । जिनोम सुक्ष्म कोशहरूको समूह हो जसमा स्पाइक प्रोटिनको त्यो क्षेत्र हो जसले मानिसको शरीरभित्रका सुक्ष्म कोशिकाहरूलाई जोड्ने  गर्छ । यसका कारण भारतीय क्षेत्रमा एक महत्वपूर्ण कारक बन्न पुग्नेछ । यसलाई उत्पत्तिसम्बन्धी परिवर्तन भनिन्छ । 

डा. रेड्डीका अनुसार इटलीमा फैलिएको भाइरसमा तीन उत्पत्तिसम्बन्धी परिवर्तन भए । जसले त्यहाँका मानिसहरूका लागि अधिक घातक परिणाम दर्शायो । 

इटलीमा घातक हुने कतिपय अन्य कारणहरू पनि रहेका छन् । यसमा विरामीको उमेर ७०–८० वर्षमाथि हुनु, धुम्रपान, रक्सी सेवन, मधुमेह, उच्चरक्तचाप जस्ता कारक सामेल रहेको उनको भनाइ छ । यसका कारण इटालीको मृत्यु दर १० प्रतिशत भन्दा बढी रहेको छ । तर, यसको तुलनामा भारत, अमेरका र चीनमा मृत्यु दर दुई प्रतिशतको निकट रहेको छ । भाइरसको जिनोमका कारण मृत्यु दर र सक्रमण दरमा भिन्नता देखिएको छ । साथै, शरीरको रोग प्रतिरोधी प्रणाली (इम्युनिटी सिस्टम) पनि महत्वपूर्ण  देखिएको छ ।

यो भाइरस फैलिए यता भारतभर आतंक र त्रासको वातावरण बनेको छ । उनका अनुसार कतिपय अध्ययनले दश वर्षका बालबालिकामा यसको प्रभाव न्यून हुने जनाएको छ । दोस्रो युवामा यो कम प्रभाव पार्छ । सामान्यरूपमा ७० वर्ष भन्दा बढी उमेरिका मानिसमा, मधुमेह, उच्च रक्तचाप, क्यान्सरसम्बन्धी समस्या भएकामा अधिक खतरा यो भाइरसले ल्याइदिएको देखिएको छ ।

भारतमा सोमबार कोरोनाभाइरसको संक्रमितको संख्या १०१७ पुग्यो तर यो रोगबाट मर्नेको संख्या २९ पुग्यो । उपचारपछि ९९ जनालाई डिस्चार्ज गरिएको छ ।