कोरोनाको नाममा कतै यो आतंक त सिर्जना गरिँदै छैन ?

कोरोनाको नाममा कतै यो आतंक त सिर्जना गरिँदै छैन ?

वसन्त पोखरेल

मानव सभ्यता जोखिमहरुबाट अगाडि बढेको हो । जोखिम एउटा यस्तो सिँढी हो जसले मान्छेलाई नयाँ सभ्यता सिकाउँछ । जहाँ जोखिम, त्यहाँ सावधानी र नयाँ व्चिारबाट अगाडि बढ्ने योजना दिन्छ । ह्रिंसक जंगली जनाव्रले एप प्रजातिका वानरलाई लखेट्ने क्रममा मरुभूमिमा पुगे । त्यहाँ भाग्दा र हिँड्दा हजारौँ पिँढीमा आइपुग्दा नंग्राहरु पाइतालामा परिणत भए । पुच्छर छोँटिदै गयो । कालान्तरमा त्यह िएप प्रजातिको वानर मानवको रुपमा ठाडो भएर हिँड्न थाल्यो । आजको मानिस एप प्रजातिको वानरको विकसित रुप हो । 

आज आफूलाई आवश्यक पर्ने उपकरणहरुको खोजी मानिसले खोज्दै जाँदा यो अवस्थामा आइपुगेको हो । बस्नका लागि घरको आवश्यकता ठान्यो र बनायो । शुद्ध पानीको आवश्यक ठानेर उसले सुविधापूर्ण शुद्ध पानीको खोज गर्यो । साबुन, गम्छाको आविस्कार गर्यो । दाँत फोहोर भए, ब्रस मञ्जनको आविस्कार गर्यो । जाडो भयो, न्यानो कपडाको आविश्कार गर्यो । गर्मी भयो, पंखा, एसीको आविश्कार गर्यो । विरामी भयो औषधिको आविश्कार गर्यो । हरेक कुराहरु बस्तुगत आवश्यकताका आधारमा अनुसन्धान, आविस्कार हुन्छन् । यो मानवीय सभ्यताको सिँढी हो । 

कोरोना भाइरस के हो र कसरी उत्पत्ति भयो भन्ने कुरा अहिलेसम्म थाहा हुन सकेको छैन । यसको उत्पत्तिमा पनि निश्चितै कारण छन् । केही तत्वहरु अन्तरनिहित छन् । ती तत्वहरु पत्ता नलागेसम्म यसको कारगर औषधि बन्न समस्या हुन्छ । अनुसन्धान जारी छ । बैज्ञानिकहरुले सफलता पाऊन । कामना गरौँ । 

तर, देखिएको के छ भने कोरोनालाई बुझेर होस् वा नबुझेर होस् आतंकको रुपमा प्रस्तुत गरिएको छ । चीनजस्तो घना आवादी भएको देशमा दैनिक दश हजार मानिस मर्नु सामान्य हो । भारतमा प्रति घण्टा छ जना मानिसको स्वाभाविक मृत्यु हुने कुरा प्रक्षेपण गरिएको छ । इटलीमा मानिसको औसत आयु बढी छ । त्यहाँ मौसममा केही समस्या हुँदा बूढाबूढीहरु मर्छन् । यी नियमित घटनालाई कतै कोरोनामा जोड्ने काम त भएको छैन ? यो सोँच्नुपर्ने विषय बनेको छ । कोरोना भाइरसले बालबालिका, युवायुवती, प्रतिरोधात्मक क्षमता बढी भएका, दिनभरि काम गर्ने र पेटभरी खाना खाएर रातमा पूर्ण निद्रा सुत्नेहरुलाई आक्रमण गरेको रेकर्ड छैन । यस्तै घरमा आफ्नै हातले खाना पकाएर खाने शाकाहारीहरुलाई पनि प्रभाव पारेको छैन । पिज्जा, वर्गर, जंक फुड, काँचो मासु, बजारका तयारी खाद्यान्नमा छाक निर्वाह नगर्नेहरुमा पनि यसले असर पारेको छैन । त्यसैले के भन्न सकिन्छ भने सरसफाइ, शारीरिक मेहनत, आफ्नो घर, कोठामा खाना पकाउने खाने गर्नुपर्छ, स्वास्थ्यमा ख्याल राख्नुपर्छ, खाना खानुअघि हात धुनुपर्छ, सफासँग खाद्य पदार्थ धोइपखाली गरेरमात्र पकाउनु पर्छ, मानिससँग कम संसर्गमा बस्नुपर्छ, हात मिलाउने कामलाई भन्दा टाढाबाट नमस्ते गर्ने वानी विकास गर्नुपर्छ, सांस्कृतिक विचलनमा फस्नु हँुदैन, भिडभाडबाट टाढा रहनु पर्छ भन्ने सन्देश कोरोना भाइरसको महामारीले दिएको छ । 

अहिलेसम्म मानिसले थुप्रै जोखिम ब्यहोर्दै आएको हो । पछिल्लो कुरा गर्दा चेचकले धेरै मानिसलाई मृत्युको मुखमा धकेल्यो । हैजा, कालाज्वर, प्लेग, एड्सजस्ता महामारीको प्रकोप ब्यहोर्दै तिनीसँग सामना गर्दै मानिस अहिलेको अवस्थामा आइपुगेको छ । कोरोना भाइरससँग पनि भोलि सामना गर्न सक्छ यसमा शंका छैन । तर, नेपालमा यसलाई अतिरञ्जित त बनाइएन भन्ने अहिले बौद्धिक वर्गमा कुरा उठ्न थालेको छ । मुलुकका आम जनतालाई कोठाभित्र थुनेर सरकारले के गर्न खोजेको हो प्रश्न उठ्न थालेको छ । सरुवा रोगबाट सावधानी अपनाउनु पर्छ यो स्वाभाविक कुरा हो । जनताको स्वास्थ्यलाई सरकारले आवश्यक ब्यवस्था मिलाउनु पर्छ । त्यो हुन सकेको छैन । दुर दराजका गाउँमा सिटामोल पनि उपलब्ध छैन । यो सरकारको कमजोरीको प्रमाण हो । डाक्टरहरु शहर केन्द्रित छन् । कोही विदेश पुगेका छन् । तर, मुलुकमै ताला लगाएर कोरोना आतंक मच्चाउनु सरकारले ठीक गरेको हो कि बेठीक गरेको हो यो समीक्षा गर्नुपर्ने विषय बनेको छ । 

अहिले त यहाँसम्म देखिएको छ कि मानिसले बाटाघाटासम्म थुनेका छन् । होम क्वारेण्टाइनलाई रोड क्वारेण्टाइन बनाइदिएका छन् । विहान उठेर मर्निंग वाक गर्नेहरुले बाटो पाउन सकेका छैनन् । दुध लिएर हिँड्ने गाडीहरु गन्तब्यमा पुग्न पाउँदैनन् । तरकारी, फलफूल लिएर हिँड्ने ठेलाहरु साना गल्लीमा छिर्न पाउँदैनन् । माक्स बेच्न हिँड्नेहरु पनि छिर्न पाउँदैनन् । सरकारले तीन फिट टाढा बस, माक्स लगाउ भन्दैछ । तर, कतिपय मानिसले बाटो नै बन्द गरेर अतिरञ्जित गर्न थालेका छन् । कोरोनाको नाममा कतै यो आतंक त सिर्जना गरिँदै छैन ? यस्तो कार्यले गरी खाने, दिनभरी काम गरेर ज्याला बुझेर चामल किन्ने र बाँच्नेहरु रोगले भन्दा भोकले मर्ने अवस्था सिर्जना हुँदैछ । यो कुरामा सरकारका स्वास्थ्य प्रवक्ताहरु बोल्नु जरुरी छ । बुटवल १३