ब्राजिलका राष्ट्पतिले पोस्ट गरेका सामग्री फेसबुकले हटायो

ब्राजिलका राष्ट्पतिले पोस्ट गरेका सामग्री फेसबुकले हटायो

चैत्र १८, काठमाडौं । ब्राजिलका राष्ट्पति जेर बोल्सोनारोले पोस्ट गरेका केही भिडियोमा सेल्फ आइसोलेशन विरुद्ध दुस्प्रचार गरेको भन्दै फेसबुकले हटाइदिएको छ । फेसबुकको स्ट्याण्डर्डका विरुद्धको अभिव्यक्ति भनेर उसले हटाइदिएको हो । 

उक्त भिडियोमा ब्राजिलका राष्ट्पतिले जनतालाई अर्थतन्त्र बचाउनका लागि काममा जानुपर्ने बताएका थिए । 

यही साता नै ट्विटरद्वारा सार्वजनिक स्वास्थ्यको नियम उल्लंघन गरेको भन्दै उनका पोस्ट हटाइ दिएको थियो । 

राष्ट्पतिले मिडियालाई यो भाइरसका बारेमा अनावश्यक त्रास फैलाइरहेको आरोप लगाएका छन् । 

'ब्राजिल कान्ट स्टप' भन्ने अभियान चलाएका थिए । उनले बृद्ध र दीर्घरोगी वाहेक सबैलाई काममा फर्कन भनेका थिए । शनिवार न्यायधीशले यो अभियानलाई रद्ध गराएका थिए । 

अमेरिकी राष्ट्पति डोनाल्ड ट्म्पले जस्तै यसलाई उनले सुरुदेखि नै 'फ्याण्टासी ' र सामान्य फ्लु भएको बताउँदै आइरहेका छन् ।  ब्राजिलमा अहिलेसम्म चार हजार तीन सय ६९ जना संक्रमित भएका छन् भने एक सय ६५ जनाको कोरोना भाइरसका कारण ज्यान गइसकेको छ । 

ब्राजिलका २७ राज्य प्रमुखहरु डब्लुएचओद्वारा सिफारिस गरिएको सेल्फ आइसोलेसन र अत्यावश्यक वाहेकका उद्योग तथा व्यवसायहरु बन्द गर्ने पक्षमा रहेका छन् ।