एकान्तवास हैरानी होइन जीवन बाँच्ने कला हो 

एकान्तवास हैरानी होइन जीवन बाँच्ने कला हो 

पद्मप्रसाद शर्मा
   

विश्व हल्लाउन आइपुुगेको कोरोना भाइरस कोभिड १९का कारणले जनजीवन कष्टकर बनाएको छ । यो हामी सबैले भोगिरहेका छौं । हामी नेपालीभन्दा पहिले विश्वका अन्य मुुलुुकहरुले यसको अभ्यास गरेका हुन् । कोरोना भाइरस आरम्भ भएको चीनले पहिलो अभ्यास गरेको हो । त्यहाँ सीमा सबै ठप्प छन् भन्ने सुन्दा त्यहाँका मानिसले कसरी गुुजारा गरिरहेका होलान भन्ने जिज्ञासा हाम्रो मनमा उत्पन्न हुुने गर्दथ्यो । अहिले हामीले त्यही भोगिरहेका छौं । 
   
नेपाल सरकारले चरणबद्ध रुपमा कोरोना भाइरसविरुद्धको कार्यक्रम अगाडि सार्दै जाँदा एकान्तवास सायद भोग्नु पर्दैन भन्ने पनि हामीलाई लागेको थियो तर आज त्यही भोगिरहेका छौं । यो भोगाई धेरैका लागि सहज भएको छैन यो यथार्थ हो । यति लामो समय हामी एउटै कोठामा बन्दी जस्तै भएर कहिल्यै बसेको थिएनौं । जेलमा बन्दी जीवन विताएकाहरु पनि भित्र आपसमा चाहे जति भेट गर्ने र गफगाफ गर्ने गर्दछन् तर हामी परिवारमामात्र सीमित हुन पुुगेका छौं । यसलाई सहज रुपमा लिन नसक्नेहरुका लागि वर्तमान अवस्था नेपाल सरकारले कष्ट दिएको भन्ने पनि लागेको होला । जुुन कुुरा सत्य होइन । 
             
पहिलो कुरा सरकारले किन एकान्तबासको घोषणा गरेको होला ?  पहिले एकसाता भनेकोमा किन पुुनः अरु एकसाताको म्याद थपेको होला ? यसका वारेमा जान्न जरुरी छ । यसरी आफ्ना नागरिकहरुलाई एकान्तबास (लकडाउन)मा राखेर सरकारका लागि हुुने फाइदा के हो ? यसका बारेमा गम्भीर भएर सोच्न आवश्यक छ । आम नागरिकको सुरक्षा गर्नुु सरकारको कर्तब्य हो । समयमा लकडाउन नगरेको भए यतिवेलासम्म नेपालले ठूलो क्षति ब्यहोरेको हुन्थ्यो होला । अहिलेसम्म हामी शंका गरेरमात्र बसेका छौं तर ठूलो नोक्सान ब्यहोर्नुु परेको छैन । यही कोरोनाको कारणले कतिपय मुुलुुकले कर्पm्यू अर्थात निषेधाज्ञा लागुू गरेका छन् । कमसेकम हामी आफूलाई आवश्यक बस्तुु खरिदका लागि छोंटो समय भए पनि यसको नियम पालना गरेर बाहिर जान पाएका छौं । निषेधाज्ञा लागुू भएका मुुलुुकमा त्यहाँका नागरिकको के हविगत होला ? किन ती मुुलुकहरु त्यस्तो निर्यण गर्नु पुुगे होलान ? एकपटक यसलाई पनि विश्लेषण गर्न आवश्यक छ । के त्यो राज्यको रहरले होला ?अवश्य पनि होइन । 

    यतिवेला इटलीले ठूलो क्षति ब्यहोरी रहेको छ । त्यहाँको संख्या अझै बढ्ने सम्भावना छ भनिन्छ । त्यो मुुलुुकले कति नागरिक गुमाउने हो अहिले भन्न सकिने अवस्था छैन । यी पंक्तिहरु तयार पार्दासम्म हामीले कोरोनाबाट एकजना पनि नागरिक गुुमाएका छैनौं । यो ठूलो उपलब्धि हो । विकसित तथा सुुविधा सम्पन्न मुुलुकले ठूलो क्षति ब्यहोरेका छन् भने हाम्रो हविगत के हुुँदो हो ? यस मानेमा नेपाल सरकारले नागरिकलाई समयमा सजग बनायो भनेर धन्यवाद दिनु पर्दछ । 

     
 एकान्तबास(लकडाउन)मा बस्दा परेको असहज वातावरणलाई सहज बनाउनतर्फ आफै लाग्नुपर्दछ । यो असहज एक दुुई स्थानमा मात्र होइन विश्वले ब्यहोरेको छ, विश्वका सबै नागरिकले ब्यहोरेको अवस्था हो । हामी सबै नेपालीले त्यही भोगिरहेका छौं । यो लकडाउनको अवस्थालाई पहिलो कुरा त अरुलाई हेरेर चित्त बुुझाउने हो । हामीले मात्र होइन विश्वका सबै नागरिकले यही भोगिरहेका छन् । दोश्रो आफू कसरी सहज वतावरणमा बस्न सकिन्छ र परिवारलाई कसरी सहज वातावरणमा सुरक्षित राख्न सकिन्छ भनेर थोरै भए पनि सोंचाई राख्नुपर्छ । जीवनलाई बदल्ने भनेको यही हो । असहज परिवेशमा जीवन वदल्न जान्नुपर्दछ । 

हरेक कुरालाई नकारात्मक कुरामा लगेर राख्ने होइन । यसो गरियो भने आफूलाई सकारात्मतातिर लान सकिदैन । सकेसम्म कुुनै पनि कुरालाई नकारात्मक दृष्टिकोणले हेर्नुु, बुुझ्नुु हुुँदैन । अझ यस्तो संसारले भोगेको असहज वातावरणमा हामीले नकारात्मक कुरा सोच्न पुुग्यौं भने जीवन बोझ बन्ने छ । यो समस्यालाई कसरी झेल्न र टार्न सकिन्छ ? पहिले त यसको खोजी आफैबाट हुनुपर्दछ । आफूले खोजी गरेको कुुरा आफ्ना लागि फाइदाजनक र दीर्घकालीन हुनेछ । भविश्यमा आफूले पनि गर्व गर्ने खालको हुुनेछ । दोश्रो आफूभन्दा जानकार नजिकमा भए उहाँसँग सहयोग लिने । उहाँको दिनचर्या कसरी चलेको छ त्यसको वारेमा जानकारी लिने चेष्टा गर्नुु पर्दछ । त्यो पनि सम्भव छैन भने कुुनै सञ्चार माध्यमको प्रयोग गरेर पनि अलिक टाढाका जानकार ब्यक्तिसँग जानकारी लिन सकिन्छ । यो असहज परिवेशमा आफूलाई सहज  वातावरण बनाउने कुराको ज्ञान छैन भने अरुबाट सिक्ने कुरा पनि राम्रै हो ।  एक त राम्रो कुराको जानकारी अरुबाट लिनु सधै बेश कुरा हो अझ यो समयमा त झन् वेश हुने छ । 
       
 विहानदेखि साँझसम्म के के गर्ने भनेर एउटा खाका बनाउने अनि त्यही खाका अनुुसार आफू आफ्नो परिवारलाई चलाउने प्रयास गर्ने हो भने समयको सदुुपयोग हुन सक्नेछ । त्यही खाकाभित्र घरमा ज्येष्ठ नागरिक हुुुनुुहुन्छ भने केही समय उहाँका जीवनका भोगाइहरु सुन्ने कार्यक्रम पनि बनाउनुु  पर्दछ । आजभन्दा दुुई दशक र अहिलेको अवस्थामा जमिन आसमानको फरक आएको छ । दुुई दशकअघिका कुराहरु सुुन्दा अहिले ती कुुराहरु कतै एकादेशका कथा जस्ता लाग्नेछन भने कतै ज्ञानवद्र्धक पनि हुुुनेछन् । दुुई दशकदेखि अघिका कुराहरु दुुई दशक यताका युुवा युुवतीलाई याद छैन । त्यो समयमा मेलापात गएका कुराहरु, ढिकी जाँतो गरेका कुरा, गुुवाला बछेला गरेका कुरा, कतै दुुवाली थुुनेको र माछा मारेको कुरा, त्यो समयको राज्य ब्यवस्था र शासकको काम कुराहरु कति रोचक होलान ? हो यस्ता कुराहरु घरमै बसेर सुुन्न पाइन्छ भने त्यो पनि सौभाग्य हो । अहिलेसम्म कार्यब्यस्तका कारणले वर्तमान युुवा युुवतीले ती कुराहरु सुन्ने अवसर पाएका छैनन् । अन्तरपुुस्ता सम्वाद भएको छैन । जुुन कुरा हुन आवश्यक छ । लेखपढ गर्ने सीप भएकाहरुले आफूलाई त्यसैमा ब्यस्त बनाउन पनि सक्नुुहुुनेछ । कसै कसैले आफ्नो त लेख्ने अभ्यास छैन भन्नुु हुन्छ । अभ्यास छैन भने आजैबाट थाल्नुुहोस् । 

तपाईलाई विषय बस्तुु जुरेको छैन भने वर्तमान अवस्थामा आफूले प्रतिदिन भोगेका कुराहरु लिपिमा उतार्ने प्रयास गर्नुुस् । सानो डायरीमा दैनिकी लेख्ने प्रयास गर्नुु भयो भने  केही समय त्यसमा ब्यतित हुनेछ । मनमा भएको वेचैनी पनि दूर हुुनेछ । आजको तपाईको लिपि भोलिको इतिहास हुनेछ । विहानको समय योग, ज्ञान ध्यान र अध्ययनमा पनि लगाउन सकिन्छ । गीत संगीतमा सोख भएकाहरुलाई आफूलाई ब्यस्त राख्न झन् सहज छ । गीत संगीतको अभ्यासले समयको राम्रो सदुुपयोग हुनेछ । करेसाबारी हुनेहरुले केही समय आफूलाई करेराबारीमा ब्यस्त राख्न सक्नुहुनेछ । विहान उठ्ना साथ एउटा अठोट गर्न सिकौं कि आज दिनभरमा म यति यति काम गर्ने छु भनेर । अनि सोही अनुुसार आफूलाई परिचालन गर्ने हो भने यी दिनहरु उपलब्धिमूलक हुनेछन् । सिर्जनात्मक भएर दिन वित्नेछन् ।
        
शहरमा भन्दा ग्रामीण भेगमा समयलाई सदुुपयोग गर्न सहज छ । कृषकहरुका लागि एकान्तबासले त्यति असर पार्दैन । बाहिर अरुसँगको संसर्गमा जानेदेखि बाहेक अन्य कार्यकलापहरु आफ्नै घरआँगनमा गर्न सकिन्छ । खेतीपातीको काममा लाग्नेहरुका लागि कुुनै अप्ठेरो परिवेश नै छैन । चाहे शहरमा बस्ने होउन चाहे ग्रामीण भेगमा बस्ने होउन खोज अनुुसन्धान गर्नेहरुका लागि यो राम्रो अवसर नै हो । साहित्यमा कलम चलाउनेहरुले यसै समयको सदुुपयोग गरेर आफ्नो रुचीको विधामा कलम चलाउने हो भने एउटा राम्रो कृति प्रकाशित हुने सामग्री पुुग्ने छ । यो भन्दा पनि अन्य धेरै उपायहरु हुन सक्छन् । हरसम्भव उपायको खोजी गर्नतिर लाग्नुपर्दछ । लकडाउन अर्थात एकान्तबास हैरान होइन जीवनलाई ऊर्जावान बनाउने एउटा राम्रो अवसर पनि हो । जीवन बाँच्ने सिकाउने एउटा कला पनि हो । अस्तुु, padam6100@gmail.com