भियतनाम र कोरियाको युद्धमा भन्दा कोरोनाका कारण अमेरिकामा धेरै मान्छे मर्ने चिन्ता

भियतनाम र कोरियाको युद्धमा भन्दा कोरोनाका कारण अमेरिकामा धेरै मान्छे मर्ने चिन्ता

१८ चैत्र, काठमाडौं । डोनाल्ड ट्म्पको शासनकालको यो अमेरिकाका लागि यो दशककै सबैभन्दा पीडादायी महिना रह्यो । कोरोना भाइरसको महामारीले अमेरिकामा भियतनाम र कोरिया युद्धमा मर्नेको संख्याभन्दा बढी हुने विज्ञहरुको अनुमान रहेको छ । 

द्रूत गतिमा फैलदैं गएको कोरोना भाइरसले गरेको निराशाजनक वास्तविकतासँग अमेरिकी राष्ट्पति ट्म्पले गरेको आत्मविश्वास अमेरिकाका लागि निकै नै घातक हुने संकेत देखिएको छ । 

कोरोना भाइरसका कारण एकै दिन पाँच सयभन्दा बढीको ज्यान गयो । जुन सेप्टेम्बर १ज्ञ को घटनामा भएको संख्याको हाराहारीमा छ । 

अबको समयमा राष्ट्पतिको प्रशासनद्वारा धेरै महत्वपूर्ण निर्णयहरु गर्नुपर्ने हुन्छ जसले आगामी दिनमा हुने परिणामलाई निर्धारण गर्नेछ । यस्तो विसम समयमा पनि ट्म्पले यस रोगलाई पूरै बुझ्न नसकेको भन्दै विज्ञहरुले भनिरहेका छन् । 

स्वास्थ्यका अधिकारीहरुले यसको अवस्थाका बारेमा पहिले नै भविस्यवाणी गरेका थिए । ट्म्प भने यसबारेमा इट विल जस्ट गो अवे भन्दैमा व्यस्त थिए । स्वास्थ्य विज्ञ, अधिकारीहरुका कुरा सुन्नु यतिवेला अत्यन्त आवश्यक छ । 

डोनाल्ड ट्म्पले विगतमा भएका आफ्ना गल्ती सुधार्नतिर नलागेर आफ्नो दम्भ देखाइ नै रहेका छन् । यो महामारीबाट अमेरिकामा एक लाखसम्मको ज्यान सक्ने विज्ञहरुले भनिरहेका छन् । यही कुरालाई उठाएर उनीहरुले भियतनाम र कोरियाको युद्धमा भन्दा अमेरिकी यो महामारीमा ठूलो संख्यामा मर्नसक्ने दावी गरिरहेका छन् । एजेन्सीको सहयोगमा