मृत्यु संख्यामा पनि चीनलाई अमेरिकाले उछिन्यो
१९ चैत्र, काठमाडौं । युरोपपछि अमेरिका कोरोना भाइरसको कहरको केन्द्र बनेको छ । कोरोनाका कारण अमेरिकाले चीनको मृत्यु संख्यालाई उछिन्यो । मंगलवारसम्म अमेरिकामा तीन हजार चार सय १५ जनाको मृत्यु भयो भने चीनमा तीन हजार तीन सय पाँच जनाको मृत्यु भएको छ ।
यो पनि पढ्नुहोस,
भियतनाम र कोरियाको युद्धमा भन्दा कोरोनाका कारण अमेरिकामा धेरै मान्छे मर्ने चिन्ता
इटलीमा मंगलबार आठ सय ३७, स्पेनमा आठ सय ४९ र बेलायतमा तीन सय ८१ जनाको मृत्यु भयो । संसारभरिमा ४० हजारभन्दा बढी कोरोनाका कारण मृत्यु भइसकेको छ । सबा आठ लाख जति व्यक्तिहरु कोरोनाबाट संक्रमित भएका छन् ।
अहिलेसम्म इटलीमा १२ हजार चार सय २८ को मृत्यु भएको छ भने यहाँ संक्रमणको संख्या एक लाख पाँच हजार छ । स्पेनमा आठ हजार एक सय ८९ जनाको मृत्यु भएको छ भने ९४ हजार चार सय १७ जना संक्रमित छन् ।
अमेरिकामा तीन हजार चार सय १५ जनाको मृत्यु भएको छ भने संक्रमितको संख्या एक लाख ७५ हजार ६७ जना रहेको छ । चीनमा तीन हजार तीन सय पाँचको मृत्यु भएको छ भने ८१ हजार पाँच सय १८ संक्रमित छन् ।
इरानमा दुई हजार आठ सय ९८ को निधन भइसकेको छ भने ४४ हजार छ सय पाँच संक्रमित छन् । त्यस्तै फ्रान्समा तीन हजार २४ जनाको निधन भएको छ भने ४४ हजार चार सय पचास संक्रमित रहेका छन् भने बेलायतमा एक हजार सात सय ८९ को मृत्यु भएको छ र २५ हजार एक सय ५० को निधन भएको छ ।
प्रतिक्रिया