कोरोना भाइरसको उत्पतिका बारेमा चीन र अमेरिकाका बीचमा वाकयुद्ध

कोरोना भाइरसको उत्पतिका बारेमा चीन र अमेरिकाका बीचमा वाकयुद्ध

१९ चैत्र, काठमाडौं । चीनको वुहानमा उत्कर्षमा पुगेपछि पत्ता लागेको यो भाइरस कहाँबाट कसरी सुरु भयो भनेर अझै एकीन भएको छैन । कतिपयलाई चीन र अमेरिकाको जैविक हतियारको रुपमा पनि यो भाइरसलाई लिएका छन् । 

अमेरिकी राष्ट्पति डोनाल्ड ट्म्पले त कोरोना भाइरसलाई चिनियाँ भाइरस भनेर बारम्बार भनिरहे । उनकै मन्त्रीमण्डलमा रहेका एक जनाले त वुहान भाइरस नै भने । 

अमेरिकाले चीन र डब्लुएचओलाई कोरोना भाइरसको बारेमा समयमा नै जानकारी नदिएको बताइरहेको छ । 

चीनले पनि कोरोना भाइरसका बारेमा आफूले पत्ता लगाएर भीषण लडिरहेका बेलामा अमेरिकाले अनावश्यक चीनको राजनीति र आर्थिक प्रणालीलाई प्रहार गर्ने अवसरको रुपमा लिएर खेदेको बताउँदै आएको छ । 

चीनले कोरोना भाइरसका विरुद्धको लडाईंमा प्रारम्भिक जीत हासिल गरिसकेको छ ।