फेसबुकले मिडियालाई सहयोग गर्ने

फेसबुकले मिडियालाई सहयोग गर्ने

१९ चैत्र, काठमाडौं । विश्व नै यतिवेला ज्यानमारा कोरोना भाइरसका विरुद्ध लडिहेको छ । यसलाई परास्त गर्न वैज्ञानिक, सरकार र स्वयम् व्यक्ति आआफ्नो तरिकाले लडिरहेका छन् । सक्नेले नसक्नेलाई यो दुःखद घडीमा सहयोग पनि गरिरहेका छन् । सोशल मिडियाको अग्रणी मानिएको फेसबुकले यो संकटका बेलामा कमजोर भएका मिडियालाई सहयोग गर्ने घोषणा गरेको छ । 

अहिलेको कठिन लडाईंसँग जुधिरहेका अमेरिकासहितका विश्वका समाचार उद्योगलाई आर्थिक सहयोग गर्नका लागि फेसबुकले प्रतिबद्धता जनाएको छ । 

यसका लागि फेसबुकले कोष बनाएको छ । जसमा जर्नालिज्म प्रोजेक्ट अन्तर्गत स्थानीय समाचारका लागि इण्डस्ट्ीका लागि अढाई करोड डलर दिइने छ । यो आपतकालीन कोषको उद्देश्य मुख्य रुपमा महामारीबाट गुज्रिरहेका मिडिया उद्योगलाई मद्धत गर्ने हो । यसका साथै फेसबुकले साढे सात करोड डलर मार्केटिंग खर्चका लागि घोषणा गरेको छ । 

यो सहयोग राशी पहिलो चरणमा अमेरिका र क्यानडाका ५० समाचार कक्षलाई दिइसकिएको छ । योसँगै फेसबुकले अप्ठ्यारोसँग जुधिरहेका कोरोना भाइरसबाट धेरै नै प्रभावित देशलाई मद्धत गरेको छ र ती देशका प्रकाशकलाई सहयोगको राशी मद्धत गरिरहेको छ । एजेन्सीको सहयोगमा