कोरोनाले दुई लाख ४० हजारसम्म मान्छे मार्ने ह्वाइटहाउसको अनुमान !

कोरोनाले दुई लाख ४० हजारसम्म मान्छे मार्ने ह्वाइटहाउसको अनुमान !
एजेन्सी, १९ चैत । अमेरिकाले कोरोनाभाइरस सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्यामा चीनलाई उछिनेको पृष्ठभूमिमा बोल्दै राष्ट्रपति डोनल्ड ट्रम्पले अमेरिकीहरूलाई आगामी दुई साताको समय निकै असहज र चुनौतीपूर्ण हुने बताएका छन् । उनले अमेरिका अहिलेसम्म कहिल्यै सामना नगरिएको परीक्षामा रहेको बताएका छन्। कोरोनाभाइरसको उच्च अवस्थासँग जुझ्न अमेरिका सक्षम रहेको पनि ट्रम्पको दाबी छ । अमेरिकी इतिहासकै ठूलो राहत कानुनमा ट्रम्पद्वारा हस्ताक्षर पनि गरेका छन् । ह्वाइटहाउसले अमेरिकामा महामारीले एक लाखदेखि दुई लाख ४० हजारको बीचमा मानिसहरूको ज्यान लिनसक्ने जनाएको छ।